आइफोनको मूल्य घट्यो, हेर्नुहोस नयाँ मुल्य

आइफोनको मूल्य घट्यो, हेर्नुहोस नयाँ मुल्य

काठमाडौं, जेठ २– नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु (म्याकबुक्स, आइप्याड एयर) को एक मात्र बितरक जेननेक्स्टले आइफोनको मूल्य घटेको घोषणा गरेको छ । एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसनले नेपालमा वर्षौैदेखि बजारमा एप्पलका उत्पादन बिक्री गर्दै आएको छ ।
आइफोन किन्ने सबैभन्दा उपयुक्त समय भएको भन्दै कम्पनीले मुल्य घटाएको जनाएको हो । आइफोन सेभेन ३२ जीबी ब्ल्याकको नयाँ मूल्य ८६ हजार, आइफोन सेभेन १२८ जीबी गोल्ड, रोज गोल्ड, ब्ल्याक, जेट ब्ल्याक र रेडको मूल्य ९९ हजार ८ सय आइफोन सेभेन २५६ जीबी गोल्ड, रोज गोल्ड, ब्ल्याक, जेट ब्ल्याकको मूल्य एक लाख १२ हजार तोकिएको छ । त्यसैगरि आइफोन सेभेन प्लस३२ जीबी ब्ल्याकको नयाँ मूल्य एक लाख ५ हजार, आइफोन सेभेन प्लस १२८जीबीको मूल्य. लाख १९ हजार, आइफोन सेभेन प्लस २५६ जीबी ब्ल्याक, जेट ब्ल्याक र रेडको मूल्य एक लाख ३२ हजार तोकिएको कम्पनीले जनाएको छ ।
यसैगरि, आइफोन सिक्स ६४ जीबी गोल्ड वा स्पेस ग्रेको मूल्य ६८ हजार, १२८ जीबी गोल्ड वा स्पेस ग्रेकोे मूल्य ७८ हजार, आइफोन एसई ६४ जीबी गोल्ड वा रोज गोल्डको मूल्य ५२ हजार ५ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । आइफोन सिक्स एस ३२ जीबी गोल्ड, रोज गोल्ड, अथवा स्पेस ग्रेको मूल्य ७२ हजार ८ सय र आइप्याड प्रो ९.७ स्मार्ट की बोर्डसहितको मूल्य १७ हजार ५ सय तोकिएको छ । सबै आइफोन विशेष अफरमा उपलब्ध रहेको र आइफोन सेभेन तथा सेभेन प्लसमा १ जीबी एनसेल डाटा प्रति महिना ६ महिनासम्म, एउटा ब्याक कभर, टेम्पर ग्लासका साथसाथै मासिक किस्ताबन्दीमा उपलब्ध हुने जनाइएको छ ।
सक्कली भ्याटबिल लिन तथा एप्पलका उत्पादनमा १ वर्षको वारेन्टिका लागि ग्राहकलाई आधिकारिक च्यानलबाट मात्र खरिद गर्न कम्पनीले आग्रह गरेको छ । ओलीज, फ्यूचर वल्र्ड, एपेक्स, क्वालिटी कम्प्यूटर (बिर्तामोड, झापा), कम्प्यूटर सेल्स सेन्टर(बुटवल, रुपन्देही), हिमालयन अफीस अटोमेसन(पोखरा, कास्की) बाट मात्र खरिद गर्न सकिने जनाइएको छ । जेननेक्स्टको होलोग्राम बक्समा हेरेर खरिद गर्न कम्पनीले भनेको छ ।
यस्तो छ नयाँ मुल्य

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल