प्रहरीको गोली लागेर मारिएका पाठकको अन्त्येष्टि

प्रहरीको गोली लागेर मारिएका पाठकको अन्त्येष्टि

काठमाडौं, जेठ ३–काभ्रेको नमोबुद्धमा बैशाख ३१ गतेको चुनावको अघिल्लो रात सशस्त्र प्रहरीको गोली लागेर मृत्यु भएका  २८ बर्षीय नवराज पाठकको मंगलबार अन्त्येष्टि गरिएको छ ।


पाठकको मृत्यु भएपछि गृह मन्त्रालयले सहिद घोषणा गर्दै १० लाख क्षतिपुर्ति दिने निर्णय गरेसँगै मंगलबार साँझ पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको हो ।

सरकारले घटनाको उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्ने निर्णय समेत गरिसकेको छ ।
अन्त्येष्टि कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधिका साथै सर्वसाधारणको सहभागिता रहेको सञ्चारकर्मी जयराम सिग्देलले जानकारी दिए । मृतक पाठकको एक छोरा र श्रीमती रहेका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल