हेटौडा उपमहानगरपालिकामा पनि एमाले नै अगाडि

हेटौडा उपमहानगरपालिकामा पनि एमाले नै अगाडि

मकवानपुर, जेठ २ – हेटौडा उपमहानगर पालिकाको मत गणना जारी छ । अहिलेसम्मको मत गणनामा एमाले अगाडि देखिएको छ ।
परिणामअनुसार एमालेका मेयरका उम्मेदवार हरिबहादुर महतले १४१० मत ल्याएका छन् भने उपमेयर मिना लामाले १४४७ मत ल्याएर अगाडि छन् । त्यस्तै नेपाली कांग्रेसका मेयरका उम्मेदवार आनन्दराम पराजुलीले १२६९ मत ल्याएका छन् भने माओवादीका उपमेयरका उम्मेदवार बलराम बलले ७९२ मत ल्याएका छन् याहा कांग्रेस र माओवादीको मेयर र उपमेयरमा गठबन्धन भएको थियो ।
त्यस्तै राप्रपाले मेयरमा ३२७ मत ल्याएको छ भने उपमेयरमा ३६१ मत ल्याएको छ । नयाँशक्तिले मेयरमा १९८ ल्याएको छ भने उपमेयरमा २०१ मत प्राप्त गरको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल