भरतपुर महानगरपालिकामा एमालेका देवी ज्ञवालीकाे अग्रता कायमै

भरतपुर महानगरपालिकामा एमालेका देवी ज्ञवालीकाे अग्रता कायमै

चितवन,जेठ २ – भरतपुर महानगरपालिका वडा नम्बर १ को गणना सम्पन्न हुँदा मेयरका एमालेका उम्मेदवार देवी ज्ञवालीले अग्रता कायमै राखेका छन् ।

एमालेका ज्ञवालीले १५१३ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रकी रेणु दाहालले ११३५ मत प्राप्त गरेकी छन् ।

कांग्रेस गठबन्धनकी उम्मेदवार रेणु पछाडि परे पनि सोही गठबन्धनका कांग्रेस उम्मेदवार जयराम श्रेष्ठ भरतपुर १ मा वडाध्यक्षमा विजयी भएका छन् ।

यसले दाहाललाई भोट नदिएर गठबन्धनले अन्तर्घात गरेको आशंका गरिएको छ ।

त्यस्तै उपमेयरतर्फ माओवादी–कांग्रेसका गठबन्धनबा कांग्रेसकी पार्वती शाहले १४०१ मत ल्याएकी छन् भने एमालेका दिव्या शर्माले ११८८ प्राप्त गरेकी छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल