भैरहवा–लुुम्बिनीमा पर्यटकको रोजाई : नान्स रिसोर्ट

भदौ १९

नान्स रिसोर्ट भैरहवा ३ तारे होटल कार्यकारी निर्देशक चन्द्र प्रकाश श्रेष्ठ विमानस्थल र नेपाल भारत सीमा नजिक २०१० को सेप्टेम्बर देखी सञ्चालन ४५ करोड बढी लगानी ४० वटा डिलक्स कोठा स्विमिङ्ग पूल, सोना बाथ, जिम हाउस, रेष्टुरेन्ट, बार चाईनिज, कन्टिनेन्टल, थाई, नेपाली, नेवारी खाना २ सय जना बस्न मिल्ने बैंक्वेट हल १ सय १५ जना कर्मचारी ५ तारे होटल सञ्चालनको तयारी

भैरहवा–लुुम्बिनीमा पर्यटकको रोजाई : नान्स रिसोर्ट

भैरहवा – भैरहवा अहिले आर्थिक एवम भौतिक रुपले सम्पन्न हुँदै  गईरहेका छ । भैरहवामा खुलेका नयाँ नयाँ होटल तथा रिसोर्टले पनि भैरहवा सम्पन्नतातर्फ उन्मुख भएको भान दिन्छ । शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्धारको रुपमा परिचित भैरहवा होटलहरुको केन्द्र जस्तो बन्न थालेको छ ।nansc 1-001
लुम्बिनी भ्रमणको लागी आउने बिदेशी तथा स्वदेशी पर्यटकहरुलाई लोभ्याउने धेरै होटेल छन् । आकर्षक प्याकेज सहित पर्यटकलाई सेवा सुविधा दिनमा यी होटल तथा यसका सम्पूर्ण कर्मचारी सधै तम्तयार रहने गरेका छन् ।
भैरहवामा रहेको होटलहरु मध्ये नान्स रिसोर्ट बिदेशी तथा स्वदेशी पर्यटकको रोजाईमा पर्ने होटल मध्य एक हो । भैरहवामा रहेको सुविधा सम्पन्न होटेलको रुपमा चिनिएको नान्स रिसोर्टले आफ्नो पाहुनाहरुलाई सधै आर्कषित गरिरहेको हुन्छ ।
होटेलमा रहेको सेवा र सुविधाको र आत्मियताको कारण नान्स रिसोर्ट पर्यटकको रोजाईमा पर्ने गरेको रिसोर्टका कार्यकारी निर्देशक चन्द्र प्रकाश श्रेष्ठको भनाई छ । सबै क्षेत्रमा सहजै पुग्न सकिने र भैरहवाको मुटु देवकोटा चोकमा रहेको कारण पर्यटकको रोजाईमा पर्ने गरेको श्रेष्ठले बताए । नान्सबाट नेपाल भारतको सीमा बेलहिया ३ किलोमिटर, बिमानास्थल ३ किलोमिटर, बसपार्क करिब २ सय मिटर भित्र पायक पर्ने स्थानमा रहेकोले पर्यटकहरु नान्स तर्फ आकर्षित भएका हुन् ।
२०१० को सेप्टेम्बर देखी सञ्चालनमा आएको ३ तारे नान्स रिसोर्टमा ४५ करोड बढी लगानी रहेको होटलका कार्यकारी निर्देशक श्रेष्ठले बताए । लुम्बिनी भ्रमणको लागी आउने पर्यटकहरुका लागी लुम्बिनीका होटेलहरु अप्रर्याप्त भैरहेको आवाज उठिरहेको अवश्थामा अहिले बिकल्पको रुपमा भैरहवामा धमाधम होटेलहरु सञ्चालन भै रहेका छन् ।
नयाँ होटेलहरुमा आ—आफ्नै बिशेषता रहे पनि नान्स रिसोर्ट भने पर्यटकलाई आकर्षित गर्न सफल भएको छ । होटलमा रहेको ४० वटा डिलक्स कोठाहरुले पर्यटकको थकान मेटाउने गरेको छ भने प्रत्येक कोठा वातानुकुलित, एटेच्ड ट्वाईलेट बाथरुम, टिभी लगायतले पाहुनलाई बिशिष्टिकृत सेवाको आभाष गराउने गरेको कारण नै नान्स रिसोर्ट पहिलो रोजाईमा पर्ने गरेको कार्यकारी निर्देशक श्रेष्ठको भनाई छ ।
नेपालका आन्तरिक पर्यटक बाहेक बौद्ध धर्मावलम्बी मुलुकहरु थाईलैण्ड, कोरिया, जापान, ताईवान, चीन लगायत एशियन मुलुकका पर्यटकहरुको पनि रोजाईमा पर्न सफल हुने गरेको होटल हो नान्स रिसोर्ट ।
शान्त वातावरण, स्विमिङ्ग पूल, सोना बाथ, जिम हाउस, रेष्टुरेन्ट, बार , लिफ्ट सुविधा सहितको आकर्षक भवन लगायतले यी पाहुनालाई लोभ्याई रहेको श्रेष्ठको दावी छ । यस अतिरिक्त स्वादका पारखीहरुका लागी चाईनिज, कन्टिनेन्टल, थाई, नेपाली, नेवारी खानाले नया स्वाद दिने गरेको छ , नेवारी चटामरी, छोइला लगायतका नेपाली परिकारले स्वदेशी तथा बिदेशी पर्यटकहरु होटल तर्फ आकर्षित हुने गरेका छन ।nansc 2-001

नान्स रिसोर्ट भैरहवा
३ तारे होटल
कार्यकारी निर्देशक चन्द्र प्रकाश श्रेष्ठ
विमानस्थल र नेपाल भारत सीमा नजिक
२०१० को सेप्टेम्बर देखी सञ्चालन
४५ करोड बढी लगानी
४० वटा डिलक्स कोठा
स्विमिङ्ग पूल, सोना बाथ, जिम हाउस, रेष्टुरेन्ट, बार
चाईनिज, कन्टिनेन्टल, थाई, नेपाली, नेवारी खाना
२ सय जना बस्न मिल्ने बैंक्वेट हल
१ सय १५ जना कर्मचारी
५ तारे होटल सञ्चालनको तयारी

५ कठ्ठा १२ धुर क्षेत्रफलमा फैलिएको होटल नान्स रिसोर्टमा २ सय जना बस्न मिल्ने ब्यावस्था सहितको हल बैंक्वेट हल भएकोले कुनै पनि कार्यक्रम आयोजना गर्ने आयोजकलाई सुविधाजनक हुने गरेको छ । होटलका कर्मचारी र ब्यावस्थापनले नान्स रिसोर्टलाई यहा सम्म पुरयाउन महत्वपूर्ण योगदान गरेको श्रेष्ठ सम्झिनछन ।nansc 3-001
यस अतिरिक्त होटलमा बिदेशी पाहुनाहरुको लागी क्यासिनोको ब्यावस्था, क्रेडिट कार्डबाट कारोबार, बिमानास्थलबाट ल्याउने लैजाने, अन कल डाक्टरको सुविधा लगायतको सुविधा रहेको नान्स रिसोर्ट होटलका कार्यकारी निर्देशक चन्द्र प्रकाश श्रेष्ठले जानकारी दिए । नान्स रिसोर्टमा १ सय १५ जना कर्मचारी रहेका छन ।
बदलिदो समय अनुसार होटललाई थप ब्यवस्थित बनाउने तयारी भएको श्रेष्ठले बताए । २०१६ को जनवरी महिनामा होटल नान्सको रुपमा अर्को ५ तारे होटल सञ्चालन गर्ने तयारी अन्तिम चरणमा रहेको उनले बताए ।nansc 4-001
प्रस्तुति : राधेश्याम विश्वकर्मा/डिएनएन

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल