पुँजी बजारमा झिनो सुधार

पुँजी बजारमा झिनो सुधार

काठमाडौं, जेठ १–स्थानीय निकायको मत परिणाम आइरहँदा नेपालको पुँजी वजारमा भने खासै उत्साह देखिएको छैन् ।
२० वर्षपछि भएको स्थानिय निकायको पहिलो चरणको यो निर्वाचनको मत परिणामले वजारलाई दोहोरो अंकमा दौडाउने अनुमान गरिएको थियो ।

दोस्रो महिनाको पहिलो दिन आज बजार ०.६५ अंकको झिनो सुधार छ । यो संगै वजार एक हजार ६ सय ५९.२३ अंकमा पुगेको छ ।
एक सय ३९ कम्पनीको सेयर कारोवार भएको आज वजारमा ११ लाख ३१ हजार ७ सय ९५ कित्ता सेयर खरिदविक्रिवाट ६७ करोड ५५ लाख ३ हजार ८ सय ६५ रुपैयाँको कारोवार भएको छ ।

आज वजारमा बैंकिङ समूहको सूचक २.६४, होटल समूहको सूचक १४.९५, फाइनान्स कम्पनी २.६७, बीमा समूहको सूचक ८.६५ र उत्पादनमुलक समूहको सूचक २५.३ अंकले वढेको छ । यस्तै, विकास बैंक समूह ०.६८, जलविद्युत समूहको सूचक २.२१ र अन्य समूहको सूचक ११.५७ अंकले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल