अविरल वर्षाका कारण मेची राजमार्ग अवरुद्ध

भदौ १९

अविरल वर्षाका कारण मेची राजमार्ग अवरुद्ध

landslideताप्लेजुङ, — दुई दिनदेखिको निरन्तरको वर्षाका कारण शनिबार राति झरेको पहिराले मेची राजमार्गको ताप्लेजुङ–पाँचथर सडकखण्ड फेरि अवरुद्ध वनेको छ ।

ताप्लेजुङ नगरपालिका– ८ दोखुमा पर्ने खोक्सेखोला छेउमा पहिरो अझै निरन्तर झरिरहेको छ । ताप्लेजुङ–कावेली सडक खण्डका विभिन्न ठाउँमा सानातिना दर्जनौँ पहिरो झरेका छन् ।

खोक्सेखोला नजिकै सडकमाथिबाट झरेको ठूलो पहिराले करिब ३० मि सडक पुर्दा बाटो अवरुद्ध भएको सडक डिभिजन कार्यालय इलामका सुपरभाइजर नवीन उप्रेतीले बताउनुभयो । उप्रेतीका अनुसार पहिरो आज बिहानसम्म झरिरहेको र सडकको पूरै भाग पुरिएर तलसम्म पुगेको छ । दुई दिनअघि सोही ठाउँमै झरेको पहिरो करिब सात घन्टा लगाएर पन्छाइएको थियो ।

पहिरो निरन्तर झरिरहेकाले तत्काल यन्त्र लगाएर पन्छाउन नसकिने उप्रतीले बताउनुभयो । सङ्घीय लिम्बुवान पार्टी नेपालले आह्वान गरेको बन्दका कारण राजमार्गमा यातायातका साधन नचलेकाले यात्रु भने अलपत्र छैनन् । निजी सवारी साधन, मोटरसाइकलमा यात्रा गर्ने र पैदल यात्रुका लागि समस्या भएको छ ।

ताप्लेजुङ–पाँचथर सडकखण्डअन्तर्गत ताप्लेजुङदेखि कावेलीसम्म विभिन्न ठाउँमा वर्षात्का समयमा बर्सेनि पहिरो खस्ने भए पनि सडक डिभिजन कार्यालय इलामले यो क्षेत्रमा पहिरो पन्छाउन आवश्यक जनशक्ति नखटाउँदा र यन्त्रको समेत प्रयोग नगर्ने भएकाले सानातिना पहिरो झर्दा समेत लामो समयसम्म बाटो अवरुद्ध हुने गरेको छ ।

जिल्लाका विभिन्न ग्रामीण सडकखण्डसमेत पहिरोकै कारण अवरुद्ध बनेका छन् । सिनाम, आम्वेगुदिन, फुरुम्वोलगायत ठाउँमा जाने कच्ची सडकका विभिन्न ठाउँमा पहिरो झरेको स्थानीयवासीले बताएका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल