तीन वर्षमा दोस्रो पटक युभेन्टस च्याम्पियन्स लिगको फाइनलमा

तीन वर्षमा दोस्रो पटक युभेन्टस च्याम्पियन्स लिगको फाइनलमा

रोम, वैशाख २७ – मोनाकोमाथि सहज जित निकाल्दै इटालियन च्याम्पियन युभेन्टस च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । पछिल्ला तीन सिजनमा युभेन्टस फाइनलमा पुगेको यो दोस्रो पटक हो ।

पहिलो लेगमा २–० को अग्रता बनाएको युभेन्टसका लागि मारियो माडुज्किचले गोल गर्दै अग्रता फराकिलो बनाए ।

पहिलो हाफ सकिन लाग्दा मानोकाका गोलकिपर ड्यानिजेल सुबासिचको पन्चलाई भली गर्दै ड्यानी आल्भेजले अग्रता दोब्बर बनाए ।

खेलको दोस्रो हाफमा कायलिन एमबापेले एक गोल फर्काए पनि लिग वानको टोलीले त्यसपछि कुनै गोल गर्न सकेन । योसँगै उनी च्याम्पियन्स लिगको सेमीफाइनलमा गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका छन् ।

च्याम्पियन्स लिगमा युभेन्टसले ६८९ मिनेटपछि पहिलो गोल खाएको हो ।

सन् १९९६ मा पछिल्लो पटक यो प्रतियोगिता जितेको युभेन्टस सन् २०१५ को फाइनलमा स्पेनिस क्लब बार्सिलोनासँग ३–१ गोलअन्तरले पराजित भएको थियो ।

च्याम्पियन्स लिगको फाइनलमा युभेन्टस एसी मिलानसँगै सर्वाधिक ६ पटक पुगको छ ।

पछिल्ला १२ च्याम्पियन्स लिगका खेलमा पनि युभनेन्टस अपराजित रहेको छ ।

जुन ३ मा कार्डिफमा हुने फाइनलमा युभेन्टसले रियल म्याड्रिड वा एथ्लेटिको म्याड्रिड मध्ये एक टोलीको सामना गर्नेछ ।
बुधबार राती रियलले एथ्लेटिकोको सामना गर्दैछ । पहिलो लेगमा रियल ३–० ले अघि रहेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल