महिला क्रिकेट प्रतियोगितामा एपिएफको जित

महिला क्रिकेट प्रतियोगितामा एपिएफको जित

धनगढी, वैशाख २५ – कैलालीको अत्तरियामा जारी ‘रुस्लान अत्तरिया कप महिला क्रिकेट प्रतियोगिता’मा विभागीय टोली एपिएफले आज कैलाली जिल्ला क्रिकेट एकेडेमीलाई ८२ रनले पराजित गरेको छ ।

अत्तरियास्थित एपिएफको खेल मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै एपिएफले निर्धारित २० ओभरमा पाँच विकेट क्षतिमा १५० रन बनायो । टिमका लागि करुणा भण्डारीले ४२ रनको पारी खेलिन् । २९ बलको सामना गर्दै उनले एक छक्का र ६ चौका प्रहार गरिन् । टिमका लागि १५ बल खेल्दै तीन चौकाको मद्दतले विनु बुढामगरले २१ रन र ममता चौधरीले १५ रन बनाइन् ।

दोस्रो विकेटका लागि ज्योति र सरिता मगरले ३२ रन, तेस्रो विकेटका लागि ज्योति र करुणाले ३५ रन तथा करुणा र ममताले चौथो विकेटका लागि २९ रनको महत्वपूर्ण साझेदारी गरे ।

कैलाली जिल्ला क्रिकेट एकेडेमीका लागि कविता कँवरले तीन विकेट लिइन् ।

यस्तै अञ्जली चन्द र लक्ष्मी साउदले १/१ विकेट लिइन् । कैलालीका लागि सुमन विष्टको बलिग भारी भयो । एक ओभरमा २३ रन दिएकी उनले आफूले गरेको ४ ओभरमा ४७ रन खर्चिन् । एक सय ५१ रनको विजय लक्ष्य लिएर मैदान उत्रिएको कैलाली जिल्ला क्रिकेट एकेडेमी ६८ रनमा समेटियो । टोलीका लागि नितु भण्डारीले १७ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।

एपिएफको जितमा विनु बुढामगरले ३ विकेट लिइन् । सरिता मगर र सीता रानामगरले दुई÷दुई विकेट लिए भने करुणा भण्डारी र रितु कनौजीयाले १/१ विकेट लिए ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेकी एपिएफकी कप्तान विनु बुढामगर ‘वुमन अफ द म्याच’ घोषित भए । उनी नगद रु तीन हजार हात पारिन् । त्यस्तै खेलमा १/१ छक्का प्रहार गरेकी एफिएफकी करुणा भण्डारी र इन्दु बर्माले नगद रु पाँच/पाँच सय प्राप्त गरिन् । रासस

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल