ओखलढुङगामा लाइसेन्सप्राप्त एउटै हतियार बुझाइएन

ओखलढुङगामा लाइसेन्सप्राप्त एउटै हतियार बुझाइएन

ओखलढुंगा, बैशाख २२– सरकारले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी चुनाव अवधिमा लाइसेन्सप्राप्त हतियार बुझाउन आग्रह गरेको भएपनि ओखलढुंगामा भने अहिलेसम्म कसैले बुझाएका छैनन् ।

जिल्ला प्रशासन कार्यालयले केही समयअघि सूचना जारी गर्दै लाइसेन्स प्राप्त हतियार बुझाउन आग्रह गरेको थियो । तर, अहिले सम्मको अवधिमा एकजनाले पनि हतियार नबुझाएको जिल्ला प्रहरी प्रमुख मिलन केसीले बताए ।

ओखलढुंगामा लाइसेन्सप्राप्त १२ थान हतियार छन् । तिमध्ये केहि थान २०७० सालको संबिधासभा निर्वाचनका क्रममा सुरक्षा फौजलाई बुझाएको भनिएको छ ।

जिल्लामा लाइसेन्स प्राप्त हतियार राख्ने मानिसहरु अहिले जिल्ला बाहिर रहेकाले हतियार नबुझाएको हुनसक्ने प्रहरीको अनुमान छ । यसअिघ झन्डै दुई महिनाअघि साबिकको पलापु गाबिसमा बेवारीसे अवस्थामा ६ नाल भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल