बसमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

बसमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

झापा, २२ वैशाख । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत शिवसतासी नगरपालिका – ११ स्थित दूधे चोकमा आज गुडिरहेको बसमा मोटसराइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कनकाई नगरपालिका–३ सुरुङ्गा निवासी २४ वर्षीय लक्ष्मण दाहाल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २९ प ३५९ नम्वरको मोटरसाइकल विपरीत दीशाबाट आउँदै गरेको को १ ख ४८४२ नम्वरको बससँग ठोक्किएको थियो ।

सो घटनामा गम्भीर घाइते भएका दाहालको उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी हस्पिटल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल