बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

लहान, २२ वैशाख । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा गाउँपालिका–२ स्थित जनक चौकमा गएराति बसको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

पश्चिमतर्फ जाँदै गरेको मे १ ख २२२१ नंको बसले विपरीत दिशाबाट आउँदै गरेको ज ९ प ७१८७ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक धनुषाको पोर्ताहा–८ निवासी सुनिल दासको मृत्यु भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा परी मोटरसाईकलको पछाडि सवार सोही ठाउँका दीपेश पासवान घाइते भएका छन् ।

ठक्करबाट गम्भीर घाईते भएका दासको मिर्चैयास्थित नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । घाइते पासवानलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पठाइएको बताइएको छ । रासस

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल