अर्थमन्त्री महरालाई सांसद शाहको पत्र

अर्थमन्त्री महरालाई सांसद शाहको पत्र

कपिलवास्तु, बैशाख २२ – कपिलबस्तुको कृष्णनगर भन्सार नाकाबाट नेपालमा उत्पादित सामाग्री आयात निर्यातको व्यवस्था गर्न माग गर्दै कपिलबस्तु क्षेत्र नं. ५ का सांसद अभिषेक प्रतापशाहले आग्रह गरेका छन् ।

अर्थमन्त्री कृष्ण बहादुर महरालाई ज्ञापनपत्र पठाउदै सांसद शाहले २०४९ सालमै कपिलवास्तुको नगरपालिका कृष्णनगर भन्सार कार्यालयलाई भारत हुदै तेस्रो मुलुकबाट आवश्यक माल समान निकासी पैठारी गर्ने नाकाको मान्यता प्राप्त गरेपनि हालसम्म औपचारिक नाका संचालन हुन नसकेको शाहको भनाइ छ ।

कृष्णनगर भन्सारबाट दाङ, रुपन्देही , नवलपरासी लगायतका जिल्लामा कच्चा पदार्थ पुग्ने र उत्पादित समग्रीलाई तेस्रो मुलुकसम्म पुर्याउन सके आर्थिक बृद्धिदर बढ्ने सांसद शाहले ज्ञापन पत्रमा उल्लेख गरेका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल