खोटाङमा ५ हजार बिद्यालय उमेरका बालबालिका बिद्यालय बाहिरै

खोटाङमा ५ हजार बिद्यालय उमेरका बालबालिका बिद्यालय बाहिरै

‘बिद्यालय भर्नाका लागि घरदैलो अभियान’

रामधन बेदना

खोटाङ, बैशाख २१– खोटाङमा बिद्यालय उमेर समुहका करिब ५ हजार बालबालिका बिद्यालय बाहिरै रहेको पाइएको छ । शिक्षा बिभागले हालै प्रकाशन गरेको तथ्याङक अनुसार जिल्लाका ४ हजार ८ सय १० बिद्यालय उमेरका बालबालिका बिद्यालय बाहिरै देखिएको हो । २ नगरपालिका र ८ गाउँपालिका कायम भएको जिल्लामा सञ्चालित नीजि बिद्यालय बाहेक ४ सय ९० सामुदायिक बिद्यालयमा करिब ५७ हजार बिद्यार्थी मात्र भर्ना भएको उल्लेख छ ।

यद्यपी, तथ्याङकमा ठुलो मात्राका बालबालिका बिद्याालयबाहिर देखिए पनि त्यति धेरै बालबालिका बिद्यालय बाहिर नभएको जिल्ला शिक्षा कार्यालय खोटाङका शाखा अधिकृत ठाकुरप्रसाद दाहालको भनाई छ । शाखा अधिकृत दाहालका अनुसार जिल्लामा सञ्चालित अधिकांश निजी बिद्यालयहरुले बिद्यार्थी संख्या उल्लेखित तथ्याङक पेश नगर्नाले यति धेरै संख्याका बालबालिका बिद्यालय बाहिर देखिएका हुन् ।

जिल्लामा हाल २९ वटा निजी बिद्यालय सञ्चालनमा छन् । जसमध्ये ५–६ वटाले बाहेक बिद्यार्थी संख्याको तथ्याङक उपलब्ध गराएका छैनन् । शिक्षा कार्यालयका अनुसार उपलब्ध निजी बिद्यालयका बिद्यार्थी पनि भर्ना भएको संख्या ५७ हजारमा जोडिएको छैन ।

बिद्यालय भर्ना अभियान

ठुलो संख्यामा बिद्यालय उमेरका बालबालिका बिद्यालय बाहिरै रहेको पाईएपछि जिल्ला शिक्षा कार्यक्रमले बिशेष किसिमको बिद्यालय भर्ना अभियान सञ्चालन गरेको छ । नयाँ बर्षको शुरुवातसँगै शिक्षाले बिद्यालय भर्ना तथा बिद्यालयमा टिकाईराख्न अभिभाबक शिक्षा अभियान जिल्लाभरका शैक्षिक संस्थाहरुमा जारी गरेको हो ।

‘बिद्यालयको शैक्षिक गुणस्तर सुधार तथा बिद्यालय बाहिर रहेका बालबालिकालाई बिद्यालय भर्ना एबं टिकाईराख्न अभिभाबक शिक्षा कार्यक्रम’ जिल्लाभर अभियानको रुपमा सञ्चालन गरिएको जिल्ला शिक्षा अधिकारी ज्ञानमणी नेपालको भनाई छ । जिशिअ नेपालका अनुसार बैशाख १५ सम्म घरदैलो कार्यक्रम गरि अगाडी बढाईएको अभियान अन्तर्गत बैशाख महिनाभर र जुनसुकै समयमा पनि बिद्यालय भर्ना अभियान जारी राखिने छ ।

बिद्यालय उमेरका सत प्रतिशत बालबालिकालाई बिद्यालयमा ‘झिकाउने, टिकाउने, सिकाउने र बिकाउने’ नीति अनुरुप अभियान सञ्चालन गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल