कपिलवस्तुका ५९ अग्नी पीडितलाई राहत वितरण

कपिलवस्तुका ५९ अग्नी पीडितलाई राहत वितरण

कपिलबस्तु, बैशाख २२– कपिलवस्तुको दुई स्थानका अग्नी पीडितलाई सैनिक श्रीमती संघ र कालीजंग गण गोरुसिंगेले राहत वितरण गरेका छन् ।

आगलागीबाट सर्वस्व गुमाएका शिवराज नगरपालिका १०, शितलापुरका २९ परिवार तथा विजयनगर ४, महिलवारका ३० परिवारलाई राहत वितरण गरिएको हो । सैनिक श्रीमती संघद्वारा प्रतिपरिवार १० किलो चामल, २ किलो दाल, २ किलो चिउरा र १ किलो नमकिन वितरण गरिएको थियो ।

????

यसैगरी कालीजंग गणको तर्फबाट प्रतिपरिवार १ थान कम्बल, ५ किलो चामल, १ किलो चिनी, २ बट्टा कन्डेन्स मिल्क र प्रतिपरिवार ४० पिस विस्कुट प्रदान गरिएको कालीजंग गणका गणपति शितल बानियाँ क्षेत्रीले जानकारी दिए ।

गत २०७३ चैत ३० गते भएको आगलागीबाट शिवराज नगरपालिका १०, शितलापुरका २९ घरपरिवारको झण्डै ४० घरगोठ जलेर नष्ट भएको थियो । आगलागीबाट २२ ओटा बाख्रा मरेका थिए भने एक जना घाइते भएका थिए ।

यसैगरी विजयनगर ४, महिलवारका ३० घरपरिवार गत बैशाख १३ गतेको आगलागीबाट सर्वस्व खरानीमा परिणत भएपछि खुल्ला आकाशमुनी बस्दै आएका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल