शिक्षक, विद्यार्थीलाई पोसाक र छात्रवृत्ति वितरण

२२ वैशाख  |   रासस

शिक्षक, विद्यार्थीलाई पोसाक र छात्रवृत्ति वितरण

पाल्पा, २२ वैशाख – निस्दी गाउँपालिका–४ को मौलादेवी आधारभूत विद्यालय, मित्याल, पाल्पाका शिक्षक र विद्यार्थीलाई पोसाक वितरण गरिएको छ । तानसेन नगरपालिका–६ वर्तुङ निवासी दामोदर गैरेले विद्यालयमा अध्यापन गराउने शिक्षक र विद्यार्थीलाई बुधबार विद्यालयमै पुगेर विद्यालय पोसाक वितरण गरे ।

उनले विद्यालयमा अध्ययनरत एकसय ३४ विद्यार्थी र विद्यालयमा कार्यरत १० जना शिक्षक कर्मचारीलाई ६५ हजार बराबरको पोसाक वितरण गरेको विद्यालयका शिक्षक धनबहादुर ठाडाले बताए ।

गैरेले भने, दुई महिनाअघि विद्यालयको एक कार्यक्रममा आउँदा त्यहाँका विद्यार्थीको पोसाकको अवस्था देखेर मेरो मन छोएर अहिले पोसाक वितरण गरेको हुँ ।” उनले विद्यालयका कक्षा ८ को परीक्षामा कक्षा प्रथम हुने छात्रलाई दुई हजार पाँचसय, छात्रालाई दुई हजार पाँच सय र विद्यालय प्रथम हुने विद्यार्थीलाई एक हजार रकमसमेत प्रदान गरे ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल