माइतीघर मण्डलमा बुद्ध पूजा

माइतीघर मण्डलमा बुद्ध पूजा

काठमाडौँ, वैशाख २१– यस वर्ष दुई हजार पाँच सय ६१ औँ बुद्धजयन्तीका उपलक्ष्यमा बुद्धका उपदेशलाई चिरस्थायी बनाई सर्वसाधारणमा पुर्याउने उद्देश्यले ‘बुद्ध पूजा तथा प्रवचन’ गरिएको छ ।

बुद्धजयन्ती मूल समारोह समितिले माइतीघर मण्डलमा आज आयोजना गरेको सो कार्यक्रममा बौद्ध धर्मावलम्बीले दीक्षासमेत लिएका छन् ।

भिक्षु सोभितले शाक्यमुनि बुद्धको जन्मस्थल नेपाल भए पनि यहाँ बौद्ध शिक्षाको उपयोग हुन नसकेको बताउँदै बौद्ध उपदेशको महत्वलाई बढाउन सबै धर्मावलम्बीको सहयोग र समन्वयको आवश्यकतामा जोड दिए ।
बौद्ध अनुयायी सदाचारी गुरुमाले सभ्य समाज निर्माणका लागि बौद्ध दर्शन तथा साहित्यमा रहेका शान्ति र अहिंसाका शिक्षाले विश्वमा सकारात्मक सन्देश प्रवाह गरेको विचार व्यक्त गरे ।

समितिका सदस्य धर्म रञ्जितले समाजमा बढ्दै गएको अराजकता तथा अपराधीकरण न्यूनीकरणका लागि नैतिक शिक्षाको खाँचो औँल्याए। यस वर्ष यही वैशाख २७ गते बुद्धजयन्ती परेको छ । सो अवसरमा सप्ताहव्यापी रुपमा कविगोष्ठी, वक्तृृत्वकला, चित्रकला, प्रवचनलगायत कार्यक्रम भइरहेको समितिले जनाएको छ । रासस

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल