बुद्धजयन्ती मनाउन उपराष्ट्रपति पुन लुम्बिनी आउने

बुद्धजयन्ती मनाउन उपराष्ट्रपति पुन लुम्बिनी आउने

लुम्बिनी, बैशाख २१ – २५६१ औं बुद्धजयन्ती तथा लुम्बिनी दिवसमा उपराष्ट्रपति नन्दकिशोर पुनको लुम्बिनी आउने भएका छन् ।

बैशाख २७ गते लुम्बिनी दिवस तथा २५६१ औं बुद्धजयन्ती उद्घाटन समारोहको अवसरमा उपराष्ट्रपति पुन पहिलो पटक बुद्धजन्मस्थल लुम्बिनी आउन लागेका हुन् ।

२५६१ औं बुद्धजयन्ती तथा लुम्बिनी दिवसमा कोषले राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्रीलाई निमन्त्रणा गरेको खण्डमा कार्य ब्यस्तताले गर्दा उपराष्ट्रपति पुन प्रमुख अतिथिका रुपमा लुम्बिनी आउने कार्यक्रम तय भईसकेको लुम्बिनी बिकास कोषका सदस्यसचिव एवं प्रवक्ता अजितमान तामाङले जानकारी गराए ।

उराष्ट्रपति पुन एक दिन अगावै लुम्बिनी आई बुद्धजयन्तीका दिन बिहान प्रभातफेरी, बुद्धपूजामा सरिक भई अपरान्ह बुद्धजयन्तीको मूल समारोहलाई सम्बोधन समेत गर्ने आगामी कार्यक्रम तय भएको कोषले जनाएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल