रोल्पा र सल्यानमा विप्लवका चार कार्यकर्ता पक्राउ

रोल्पा र सल्यानमा विप्लवका चार कार्यकर्ता पक्राउ

ओपेन्द्र बस्नेत

तुलसीपुर (दाङ) बैशाख २१– चुनाव विरोधी गतिविधि गर्न खोजेको आरोपमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चार कार्यकर्ता पक्राउ परेका छन् । विप्लवका रोल्पामा दुई र सल्यानमा दुई जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सुनछहारी गाउँपालिका ५ निवासी हीतलाल पुन र सोही ठाउँ निवासी रामबहादुर पुन रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक रामबहादुर घर्तीले जानकारी दिए । उनीहरुलाई लिबाङ बजारबाट विहान पक्राउ गरिएको हो ।

निर्वाचनकाविरुद्ध सूचना प्रभाह गर्ने गरी बजारमा सांस्कृतिक कार्यक्रम गर्न लागेको जानकारी पाएपछि पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक घर्तीले जानकारी दिए ।

त्यसैगरी सल्यानको बागचौर नगरपालिका निवासी टोपबहादुर डांगी र दार्मा गाउँपालिका–३ का मोहन केसीलाई प्रहरीले पक्राउ गरेको छ । डाँगीलाई विहीबार र केसीलाई बुधबार पक्राउ गरिएको हो ।
पक्राउ पर्ने दुवै जना विप्लव नेतृत्वका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बैशाख ३१ गते हुन लागेको निर्वाचन विरोधी प्रचार प्रसार गरी रहेको अवस्थामा उनिहरुलाई पक्राउ गरिएको प्रहरीनायब उपरिक्षक श्यामबहादुर खत्रीले जनाएका छन ।

यसैबीच, अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव खेम थपलियाले विहीबार विज्ञप्ति जारी गर्दै पक्राउ परेका कलाकारहरुलाई रिहा गर्न माग गरेका छन् ।

रोल्पाको लिवाङबाट महासङघका केन्द्रीय सदस्य एवम् राप्ती ब्युुरो संयोजक हिमालसहित जलजला जनसांस्कृतिक परिवारका कलाकारलाई विना कारण पक्राउ गरिएको थपलियाले जनाएका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल