निर्वाचनमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता

निर्वाचनमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता

काठमाडौँ, वैशाख २१ – जिल्लाका राजनीतिक दलले यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने लिखित प्रतिबद्धता जनाएका छन् ।

जिल्ला बालकल्याण समिति धादिङद्वारा गठित निर्वाचन अनुगमन समितिले आज गरेको अन्तक्र्रियामा सहभागी दलका प्रतिनिधिले निर्वाचन आचार संहितानुसार पनि निर्वाचनमा बालबालिका प्रयोग गर्न नमिल्ने भएकाले आफूहरुले निर्वाचनमा बालबालिकाको प्रयोग गर्ने प्रतिबद्धता जनाए ।
समितिका अध्यक्ष एवम् प्रजिअ उमेशकुमार ढकालले दलहरुले जनाएको प्रतिबद्धता व्यवहारमा पनि लागू हुनेमा आफू विश्वस्त रहेको बताए । रासस

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल