अपहरणमा परेका उम्मेदवारको जीवनरक्षाको माग

अपहरणमा परेका उम्मेदवारको जीवनरक्षाको माग

काठमाडौं, वैशाख २१– नयाँ शक्ति पार्टीले काठमाडौंको नागार्जुन नगरपालिका वडा नं. ७ बाट वडा नयाँ शक्ति पार्टीका अध्यक्षका उम्मेद्वार मदन गिरीको जीवन रक्षाको माग गरेको छ । गिरी बुधबारदेखि बेपत्ता छन् ।

बुधबार सा“झ ७ः१२ मा गिरी अपहरणमा परेको र अहिलेसम्म पनि स्वीचअफ रहेको भन्दै संयोजक भट्टराईले विहीबार विज्ञप्ति जारी गरी जीवन रक्षाको माग गरेका हुन् ।

गिरी अपहरणमा परेकोबारे सूचना पाएलगत्तै सुरक्षा निकायलाई जानकारी दिएको तर हालसम्म अवस्था र अपहरणकारीका बारेमा केही सूचना प्राप्त हुन नसकेको भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचनमा उम्मेद्वारी दिएका व्यक्तिहरु अपहरणमा पर्ने, कतिपय उम्मेद्वारहरुलाई ज्यान मार्ने धम्की दिने काम पनि सत्ताधारी दलकै कार्यकर्ताहरुबाट भइरहेका सूचनाहरु आइरहेको पनि भट्टाराइको आरोप छ ।

यसअघि पनि गोरखा, सिन्धुली, सिन्धुपाल्चोक लगायतका जिल्लाहरुमा उम्मेद्वारी दर्ता गर्न जाने क्रममा नै अवरोध सिर्जना गर्ने, उम्मेद्वारलाई घेरा हाल्ने, धम्क्याउने, हातपात गर्ने र उम्मेदवारी दर्ता गरिसकेको अवस्थामा पनि विभिन्न लोभ, लालच, प्रलोभन, धम्की दिएर मानसिक दवाव दिने, उम्मेद्वारी फिर्ता गर्न धम्की दिने जस्ता काम सत्तारुढ दलकै कार्यकर्ताबाट भएको पनि भट्टराईको आरोप छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल