शिक्षाशास्त्र स्नातक तह प्रथमको परीक्षाफल

शिक्षाशास्त्र स्नातक तह प्रथमको परीक्षाफल

काठमाडौँ, वैशाख २१– त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७३ भदौमा सञ्चालन गरेको शिक्षाशास्त्र सङ्घकायतर्फ तीनवर्षीय स्नातक तह प्रथम वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशन गरेको छ ।

त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० अनुसार परीक्षाको मर्यादाविपरीत काम गर्ने परीक्षा क्रमाङ्क ४८०६७६, ४२५००१८, ६१८०१४४ र ८७९००३५ का परीक्षार्थीलाई त्रिविबाट सञ्चालन हुने २०७४ सालसम्मको कुनै परीक्षामा सम्मिलित हुन नपाउने गरी दुई वर्षका लागि निष्काशन गरिएको छ ।

परीक्षाफल विश्वविद्यालयको वेभसाइट मा हेर्न सकिनेछ तथा नेपाल टेलिकमको १६०२ डायल गरी प्राप्त निर्देशानुसार थाहा पाउने गरिनेछ । रासस

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल