चट्याङ लागेर दुई घरगोठ जले, चार घाइते

चट्याङ लागेर दुई घरगोठ जले, चार घाइते

रामहरि श्रेष्ठ

ओखलढुंगा, बैशाख २१– सिन्धुलीको फिकल गाँउपालिका– १ महादेवडाँडामा विहीबार दिउसो चट्याङ पर्दा दुई घरगोठ जलेर नष्ट भएको छ । चट्याङ लागेर चार जना घाइते भएका छन् ।

दिउँसो पानीसँगै परेको चट्याङले लागेर स्थानिय मीनबहादुर सुनुवारको घरगोठ जलेट नष्ट भएको स्थानीय रामजीबहादुर खत्रीले जानकारी दिए ।

उनकाअनुसार चट्याङमा परी मीनबहादुरकी श्रीमती जितमाया, छोरी भूमिका, छिमेकी मीना सुनुवार र भैरबा सुनुवार घाइते भएका छन् । उनीहरुको नजिकैको स्वास्थ्य चौकीमा उपचार भइरहेको खत्रीले बताए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल