प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारविरुद्ध आचारसंहिता उलंघनको उजुरी

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारविरुद्ध आचारसंहिता उलंघनको उजुरी

चुरामणि अर्याल

कपिलवस्तु, वैशाख २१– प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चन्द्रप्रकाश खनाललाई निर्वाचन आचारसंहिताको उल्लंघन गरेको आरोप लगाउदै उजुरी परेको छ ।

पहँुचका आधारमा प्रधानमन्त्री कार्यालयबाट रकम स्थान्तरण गरी जिल्लामा ल्याएको रकमबाट निर्वाचनको पूर्वसन्ध्यामा दलिय प्रभाव पार्ने गरी विकास निर्माणको काममा खर्चिन थालेको भन्दै जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुमार्फत आयोगमा उजुरी परेको हो ।

कपिलवस्तुका बासिन्दा रहेका खनाल ०४० को दशकमा नेकपा छैठौबाट जिल्लामा राजनैतिक शुरु गरी जनयुद्धका बेला माओबादीका डेपुटी कमाण्डर सम्म भएका थिए । दोस्रो संबिधान सभा निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नं १ वाट माओबादी केन्द्रबाट उम्मेद्धवार समेत बनेका थिए ।

निर्वाचनको पूर्वसन्ध्यामा खनालले रकमान्तर गरेको बजेटबाट कार्यकर्ता र दल निकटका ठेकेदारले काम पाएको आरोप लगाइएको छ । खनालले जिल्ला पठाएको रकमबाट वाणगंगगा– ८ वन्डौलीमा व्यक्तिको मुद्दा चलेको जग्गामा कार्यकर्ताले नाप नक्सा विना नै हचुवा भरमा रातारात सडक निर्माण गरिदिएको भन्दै स्थानीय पत्रकार सञ्जय पन्थीले आइतवार जिल्ला निर्वाचन कार्यालयमा आचारसंहिता उल्ङघनको आरोप लगाउदै उजुरी हालेका छन् ।

निर्वाचनको पूर्वसन्ध्यामा गठन गरिएको उपभोक्ता समितिका अध्यक्षमासमेत स्थानीय बासिन्दाको सहमती नरहेको पन्थीको दाबी छ । वाणगंगगा नपा–८ को सडक निर्माणमा बन्डौलीको सुकुम्बासी बस्तीका कार्यकर्ता सुवास विक नाम गरेका व्यक्तिलाई एकतर्फी रुपमा माओबादी केन्द्रले मात्र अध्यक्ष बनाइएको स्थानीय रमबहादुर भुसालले बताए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल