तस्विरमा जानकी नवमीको रौनक

तस्विरमा जानकी नवमीको रौनक

जनकपुरधाम, वैशाख २१ । मिथिलाञ्चलमा आज जानकी नवमी अर्थात जानकी जनमोत्सवको रौनक छाएको छ ।

प्राचिन मिथिलाको राजधानी जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चलमा आज जगत जननी माता जानकीको जनमोत्सवको रुपमा मनाउने गरिन्छ । आजकै दिन त्रेता युगमा देवी जानकीको प्रार्दूभाव भएको थियो ।

जानकी नवमीमा नेपाल तथा भारतको विभिन्न ठाउँबाट हजारौको संख्यामा जनकपुरधाममा आएका श्रद्धालु भक्तजनहरुले यहाँको पवित्र तलाउँहरु गंगासार, धनुषसागर, रत्नसागर, विहारकुण्ड, दुग्धमति सहितको तराउँ, नदि तथा सरोवरहरुमा स्नान गरेर जानकी मंन्दिरमा माता जानकी तथा राममन्दिरमा भगवान रामको विषेश पूजा पाठ गरेर श्रद्धाभक्तिपूर्वक जानकी नवमी पर्व मनाएका छन् ।

आजको दिन जनकपुरको प्रसिद्ध दुधमती नदीमा नुहाई जानकी मन्दिरमा पूजापाठ गर्दा मनोवाञ्छित फल प्राप्त हुने जनविश्वास रहेको छ । साथै जानकी माताको झाँकीसँगै हजारो व्यक्ति दूधमती नदी पुगेका थिए । दूधमतीको पानीले जानकी माताको पूजा गरिएको छ । गाजाबाजाका साथ दूधमती नदीमा पुगेपछि नदीमा दुग्धाभिशेष पूजा समेत गरिएको छ । सो अवसरमा जानकी मन्दिरका महन्तकन अतिरिक्त नेपाल भारतका साधुसन्तहरु सहभागि थिए ।

सरकारले जानकी नवमीको अवसरमा धनुषा र महोत्तरी जिल्लामा सार्वजनिक विदाको घोषणा गरेको थियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल