दुई लाख लिएर शिक्षक नियुक्ति

दुई लाख लिएर शिक्षक नियुक्ति

प्रेम सुनार

गुल्मी, बैशाख–२१ । गुल्मीको एक विद्यालयले सरकारले दिने तलवको आधा भन्दा बढि रकम विद्यालयलाई सहयोगका नाममा लिएर शिक्षक नियुक्त गरेकोे खुलासा भएको छ ।

गुल्मीको ईस्मा गाउँपालिका अन्तरगत साविकको अमरपुर गाविस–७ मा रहेको गोविन्द रत्न कुँवर लोकतान्त्रिक निम्न माध्यामिक विद्यलयले विमला भुसाललाई दुई वर्ष अघि करार राहत कोटामा शिक्षक नियुक्ती गर्दा सरकारले दिने कुल तलब मध्येबाट आधाभन्दा बढी रकम उनले विद्यालयलाई दिनुपर्ने सर्त राखेर नियुक्ति दिएको हालै आएर मात्र खुलासा भएको हो । सोही अनुरुप उक्त विद्यालयले ती शिक्षिकाबाट हाल सम्म दुई लाख भन्दा बढि रकम लिइसकेको छ ।

२०७१ साल मंसिर १८ गते राहत कोटा प्रा.वि.तृतिय श्रेणी करार सेवामा नियुक्ति गरिएकी भुसालको मासिक तलव १८ हजार ७ सय ३० रुपैयाँ जिल्ला शिक्षा कार्यालयबाट निकासा गर्दै त्यस विद्यालयले उनलाई हरेक महिना जम्मा ८ हजार मात्रै दिएर १० हजार ७ सय ३० रुपैयाँ आफुले राख्दै आएको सोही विद्यालयले स्वीकार गरेको छ ।

‘लिखित सहमति गरिएको होइन, उनलाई नियुक्ती दिँदा विद्यालय सञ्चालनका लागि सहयोग स्वरुप उनलाई मासिक ८ हजार दिने र बाँकी विद्यालयले राख्ने मौखिक सर्त राखिएको थियो’– प्रधानध्यापक तिलबहादुर कुँवरले भने–‘ सोही अनुरुप त्यसो गरिदै आएको हो ।’

शिक्षिका भुसालले भने कुनै सहमाति नभएको जिकिर गर्दै पुरै तलव पाउन नसकेको भन्दै जिल्ला शिक्षा कार्यालयमा उजुरी दिएकी छिन् । पटक–पटक विद्यालय व्यवस्थापन समिति र प्रधानध्यापकसँग पुरै तलव पाउँ भनि निवेदन गर्दा पनि सुनुवाई नभए पछि जिल्ला शिक्षा कार्यालयमा उजुरी दिन बाध्य भएको उनले बताइन् ।

नेपाल सरकारले २०७३ साउन १ गते देखि उनको तहका शिक्षकहरुको तलव भत्ता सहित १८ हजारबाट बृद्धि गरेर २३ हजार १ सय ७० बनाउँदा समेत उनलाई ८ हजार मात्रै दिन थालेपछि गत मंसिर महिनामा उनी जिल्ला शिक्षा कार्यालयको शरणमा पर्न बाध्य भएकी थिइन् ।

उनले जिल्ला शिक्षा कार्यालयमा पुरै तलव दिलाई पाउँ भनि उजुरी दिएपछि उनलाई न्याय दिलाउनुको साटो गत कार्तिक २८ गते एक्कासी त्यस विद्यालय व्यवस्थापन समितिले उनलाई वर्खास्त गरेको थियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल