गायक बिरहिको फाउन्डेशनले चार बालबालिका पढाउने

गायक बिरहिको फाउन्डेशनले चार बालबालिका पढाउने

गोरखा, बैशाख २१ – गायक बिरहि कार्कीले आमा फुलामाया कार्कीको नामबाट खोलेको सामाजिक सस्था फुलामाया कार्की फाउन्डेशनले ४ बालबालिकालाई पठनपाठन गराउने भएको छ ।
फाउन्डेशनका तर्फबाट अहिलेसम्म असाह्य, बेसाहारा ७ जना बालबालिकाहरुलाई निःशुल्क पढाउने योजना अन्तर्गत गोरखाको पालुङ्टारमा रहेको ठा“टीपोखरी बालज्योती इंग्लिस बोडिङ स्कुलमा पढाउने गरि २ जना बालबालिकाहरु संजोग कार्की र संजय खत्री अनि सहाराको घर अन्तर्गत चितवनको शान्ति बिध्या मन्दिरमा पढाउने गरि २ जना बालबालिका अंशु सहारा र अदिर्षट सहाराको नाम छनौट गरि सार्वजनिक गरेको हो संस्थाका अध्यक्ष गायक विरही कार्कीले जानकारी गराएका छन् ।
फाउण्डेशनले यसभन्दाअघि भरतपुर अस्पतालमा उपचार गराएकी सुस्त मनस्थिती भएकी बालिका शोभा श्रेष्ठ, क्यान्सर रोगबाट पिडीत काभ्रेका रामकुमार लामा, फोक्सो सम्वन्धि रोगबाट पीडित बनेर उपचार गराइरहेका लोक तथा दोहारी गायक सागर बोहोरा, दुबै खुट्टा नभएका धरानका मिनबहादुर तामाङ, साउदीमा मृत्युदण्डको सजाय सुनाइएका काभ्रेका रामचन्द्र तिमिल्सिना लगायतलाई आर्थिक सहयोग गरेको छ ।

– हामीले चालेको सामाजिक कामले अरूलाई पनि प्रभाव पर्ने, सकारात्मक र सहयोगी समाज निर्माणमा सहयोग पुग्ने कार्कीले बताए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल