चौधरी बस्तीको गुजारा घुँगीको व्यापार, यस्तो छ घुँगी खानुको फाइदा

चौधरी बस्तीको गुजारा घुँगीको व्यापार, यस्तो छ घुँगी खानुको फाइदा

गोपालप्रसाद पोखरेल

मोरङ, वैशाख २१– मोरङको पथरी शनिश्चरे–८ मा रहेको चौधरी बस्तीको दैनिकी गुजरा टार्ने एउटै माध्यम बनेको छ अहिले ‘घुँगी’ ।
खोला तथा खेतबारीमा हिलोमा गाडिएको अवस्थामा पाइने ‘घुँगी’ यहाँका १५ घरपरिवार रहेका चौधरी बस्तीको गुजारा गर्ने व्यवसाय ‘घुँगी’को व्यापार बनेको हो ।

स्थानीय स्तरमा कमै पाइने ‘घुँगी’ टिप्न ऋषिदेव समुदायका मानिस भारतको खरियासम्म पुग्ने गरेको मोरङको पथरी शनिश्चरेका बाबुराम चौधरीले जानकारी दिए । “एक दिन लगाएर भारतको खरियादेखि घुँगी नेपाल ल्याउने गर्दछौं”, चौधरीले भने । मोरङका पैनी, ताल, खोला, पानी जमेको खेत लगायतका क्षेत्रमा घुँगी खोज्दै दिन बित्ने गरेको स्थानीयवासी रमेश चौधरीको भनाइ छ ।

उनी भन्छन्, “बिहान झिसमिसेमा जोगवनीमा पुगी रेलमा चढी भारतको खरियामा पुग्ने गरेको छौँ ।” त्यस दिन साँझसम्म लगाएर खोला र खेतीबारीमा घुँगी खोजेर एक÷दुई क्विन्टल जति बनाउँछौं र भोलिपल्ट घर आउने गरेको चौधरीले बताए ।
दुई÷चार दिन दिनको पूरै समय माया मारेर ‘घुँगी’ खोज्न लागिपर्ने गरेको उनीहरु बताउँछन् । घरमा ल्याएपछि परिवारसहित मिलेर घुँगीलाई पखालेर सफा बनाएपछि स्थानीय हाटबजारमा बिक्री गर्ने गरेको अर्का घुँगी व्यापारी फूलावती देवी चौधरीले बताए ।
घुागी प्रतिकेजी रु ६० का दरले बिक्री गर्दै आएका छन् । हप्तामा तीनपटक भारतको खरियासम्म घुँगी खोज्न उनीहरु पुग्ने गर्छन् । घुँगीमा भिटामिन, रुघाले सताएको बेला यसको रस स्वादिलो हुने र रुघा ठीक हुने भएकाले सबै समुदायका मानिसले घँुगी खाने गरेको नियमितजस्तो घँुगीका पारखी स्थानीयवासी डिल्ली शर्माले बताए ।

दैनिक ३० देखि ५० केजीसम्म घुँगी बिक्री गर्दै आएको बताउने बाबुराम चौधरीले हप्तामा रु सात हजारदेखि १० हजारसम्म आम्दानी गर्ने गरेको उनको भनाइ छ । सो व्यवसायबाट पाँचजनाको परिवार धानेको चौधरीको भनाइ छ । चौधरी टोलमा उहाँजस्ता करिब ५० घुँगी व्यापारी छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल