उपल्लाे डाेल्पाकाे डाेल्पाे बुद्ध गाँउपालिकामा उप प्रमुखमा स्वतन्त्रबाट निर्विरोध निर्वाचित

उपल्लाे डाेल्पाकाे डाेल्पाे बुद्ध गाँउपालिकामा उप प्रमुखमा स्वतन्त्रबाट निर्विरोध निर्वाचित

डाेल्पा, बैशाख २१-उपल्लाे डाेल्पाकाे डाेल्पाे बुद्ध गाउँपलिकामा स्वतन्त्रबाट उप प्रमुखमा निर्विरोध निर्वाचित भएकाछन् ।निर्विराेध निर्वाचित हुनेमा मल्ल टसी गुरुङ रहेकाे जिल्ला निर्वाचन कार्यालयले जनाएकाे छ।

साे गाँउपालिकाकाे प्रमुखमा दुई जनाकै उम्मेदवारी परेकाे र उप प्रमुखमा स्वतन्त्रबाट गुरुङनै निर्विरोध निर्वाचित भएकाे जिल्ला निर्वाचन अधिकारी राम बहादुर बुढाले जानकारी दिए ।

उपल्लो डाेल्पामा कुनैपनि संञ्चार सुविधा नभएकाले निर्वाचन कार्यलयले पनि प्रहरीबाटै खवर लिने गरेकाले प्रहरीमा अाउने खबर अाधिकारीक हुने बुढाकाे भनाई छ ।निर्वाचन कार्यलयका अनुसार पनि डाेल्पाे बुद्ध गाँउपालिकाकाे प्रमुखमा स्वतन्त्र बाट र एमालेबाट गरेर दुईजनाकाे उम्मेदवारी परेकाले काेहिपनि निर्वाचित नभएकाे बताएईकाे छ ।प्रमुखमा एमालेबाट पेम्बा गुरुङ र स्वतन्त्र बाट क्यालजेन गुरुङकाे उम्मेदवारी परेकाे कार्यलयले जनाएकाे छ ।

उपल्लो डाेल्पाकै शे फाेक्सुन्डाे गाउँपालिका भने एमालेबाट प्रमुख तथा सबै वडा अध्यक्ष,सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन भने उप प्रमुखमा भने तीन जनाकाे उम्मेदवारी परेकाे छ ।

साे गाँउपालिकाकाे प्रमुखमा एमालेबाट टसी टुन्डुप गुरुङ निर्विरोध निर्वाचित भएकाहुन् ।उपल्लो डाेल्पाका अन्य गाँउपालिकाबाट वडा अध्यक्ष,सदस्यहरुकाे उम्मेदवारहरुकाे नामावली अाउने क्रमजारी रहेपनि निर्विरोध निर्वाचित भएकाे खवर नअाएकाे जिल्ला निर्वाचन कार्यलयकाे भनाई छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल