पाँचथरमा पहिलो पटक शान्ति पदयात्रा

२१ वैशाख  |   रासस

पाँचथरमा पहिलो पटक शान्ति पदयात्रा

पाँचथर, २१ वैशाख – द्वन्द्वकालमा मारिएका व्यक्तिको सम्झनामा पाँचथरको फाल्गुनन्द गाउँपालिका–६ स्थित मेहेलबोटेमा पहिलो पटक शान्ति पदयात्रा गरिएको छ ।

स्थानीय शान्ति समिति पाँचथरको आयोजनामा बुधबार गरिएको पदयात्रामा द्वन्द्वकालमा राज्य र गैरराज्य पक्षको दोहोरो भिडन्तमा परी मारिएको स्थानआसपास तीन किमी पदयात्रा गरिएको थियो । गत २०६० साल भदौ ९ गते बेलुका तत्कालीन शाही नेपाली सेनाको आक्रमणमा परेर स्थानीयवासी दुर्गा घिमिरेको घरमा ६ जना र देउमान तामाङको घरमा दुई गरेर आठजनाको मृत्यु भएको स्थानीयवासी बताउँछन् ।

भिडन्तमा परेका ती परिवारले भने राज्यका तर्फबाट कुनै क्षतिपूर्ति नपाएको गुनासो गरेका छन् । द्वन्द्वपीडितले भने अहिले पनि राज्यबाट अपेक्षा गरेअनुरुपको कुनै राहत नपाएको गुनासो गरेका छन् ।

पदयात्रामा जिल्लाका राजनीतिक दल, स्थानीय शान्ति समितिका सदस्य तथा स्थानीय र सञ्चारकर्मी लगायतको सहभागिता थियो । अब फिदिम नगरपालिका–१३ स्थित लुङरुपामा वैशाख २३ गते र हिलिहाङ गाउँपालिकाको गोपेटारमा वैशाख २७ गते पदयात्रा गरिने स्थानीयवासी शान्ति समिति संयोजक नरेन्द्र दुलालले जानकारी दिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल