जिल्लामा पाँच सयभन्दा बढीको मनोनयन

२१ वैशाख  |   रासस

जिल्लामा पाँच सयभन्दा बढीको मनोनयन

रसुवा, २१ वैशाख – स्थानीय तहअन्तर्गत रसुवाका पाँच गाउँपालिकामा मनोनयनपत्र दाखिला पर्ने उम्मेदवारको सङ्ख्या पाँचसय नाघेको छ ।

नौकुण्ड, कालिका, उत्तरगया, गोसाइँकुण्ड र पार्वतीकुण्ड गाउँपालिकाका पाँच केन्द्रबाट मनोनयनपत्र दाखिला गर्नेको सङ्ख्या पाँचसय ३९ रहेको र उम्मेदवारी दिनेमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नयाँ शक्ति नेपाल, राप्रपा र सङ्घीय समाजवादी फोरम नेपाल दल एवम् केही स्वतन्त्रसमेत रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय रसुवाले जनाएको छ ।

स्वतन्त्रबाट भने उत्तरगया गापामा भगवती न्यौपाने र खडानन्द आचार्य, कालिकामा विष्णुप्रसाद देवकोटा, पार्वतीकुण्डगापामा टाँसी दोर्जे तामाङले गापा अध्यक्ष पदमा र गोसाइँकुण्ड एवम् पार्वतीकुण्ड गापाको उपाध्यक्ष पदमा क्रमशः नुर्पु ग्याम्जो तमाङ एवम् कामी साङवो तामाङले स्वतन्त्र उम्मेदवारी दिनुभएको बताइएको छ ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट कालिकागापाको अध्यक्षमा टीकाप्रसाद देवकोटा, उपाध्यक्ष चित्रकुमारी देवकोटा, उत्तरगयाको अध्यक्षमा हरिप्रसाद घिमिरे र पार्वतीकुण्ड गापाको अध्यक्षमा कामीगारा तामाङले उम्मेदवारी दिएका छन् ।

पेस भएका उम्मेदवारको मनोनयनउपर कुनै पनि दाबी विरोध उजुरी नआएको मुख्य निर्वाचन अधिकृत रामराजा उप्रेतीले बताए।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल