दोस्रो इक्यान मैत्रीपूर्ण फुटसल प्रतियोगता हुँदै

दोस्रो इक्यान मैत्रीपूर्ण फुटसल प्रतियोगता हुँदै

पोखरा, वैशाख २० – नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्की शाखाको आयोजनामा दोस्रो इक्यान मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुने भएको छ ।

वैशाख २३ गते शनिबार पोखरा फुटसल लिचिबोट गैह्रापाटनमा प्रतियोगिता हुने संयोजक तथा इक्यान कास्कीका सदस्य पूर्ण न्यौपानेले जानकारी दिए ।
बिहान १० देखि साँझ ५ बजेसम्म सञ्चालन हुने उक्त प्रतियोगताको तयारीलाई तिब्र बनाइएको छ ।
प्रतियोगितामा कन्सल्टेन्सीका सञ्चालक तथा कर्मचारी सहभागी हुनेछन् । पोखरामा रहेका ३५ वटा कन्सल्टेन्सीबाट ६ वटा टिम प्रतियोगितामा सहभागी हुने न्यौपानेले जानकारी दिए ।
वार्षिक कार्यक्रम अन्तर्गत प्रतियोगिता आयोजना गरिएको सचिव भुवन क्षेत्रीले जानकारी दिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल