चितवनमा एकसय २६ किलो चरेस बरामद

चितवनमा एकसय २६ किलो चरेस बरामद

चितवन, वैशाख २० – जिल्ला प्रहरी कार्यालय चितवनले आज १२६ किलो लागु पदार्थ चरेस बरामद गरेको छ ।

बिहान १० बजे नारायणगढको लायन्सचोकबाट ना ४ ख ७६३० नम्बरको ट्रकबाट सो चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले बताए ।

ट्रकको पछाडि ढालामा थोत्रा बोरामा राखेर धादिङको आदमघाटबाट लोड गरी काठमाडौँ पुगेर पुनः फर्किएर चितवन आउने क्रममा नारायणगढमा ट्रक नियन्त्रणमा लिइएको थापाले बताए ।

ट्रक चालक वीरगञ्जका मजार मुसुर र ट्रकमै यात्रा गरेका अजयकुमार रायलाई पनि प्रहरीले पक्राउ गरेको छ । ट्रक चालकले रु ५० हजार भाडा पाउने भएपछि सामान ढुवानी गरेको बताएको उपरीक्षक थापाले बताए । पाँच सय ग्रामका २५३ वटा प्याकेट रहेको उनले जानकारी दिए । यसअघि चितवन प्रहरीले एक सय किलो चरेस नियन्त्रणमा लिएको थियो । सो चरेससमेत धादिङबाटै ल्याउने क्रममा प्रहरीले पक्राउ गरेको थियो । रासस

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल