गुडिरहेको ट्रेक्टरबाट खस्दा एक गम्भीर घाइते

गुडिरहेको ट्रेक्टरबाट खस्दा एक गम्भीर घाइते

चुरामणि अर्याल

कपिलवस्तु, वैशाख २०– कपिलवस्तुको वाणगंगा नगरपालिका १ पिपरामा बुधबार साँझ ट्रेक्टरबाट खसेर एक जना गम्भीर घाइते भएका छन ।

पिपरा भित्री बाटोवाट राजमार्गतर्फ आउदै गरेको लु ३ त ३७१३ नम्वरको ट्रेक्टरवाट खस्दा सोहि ठाउँ निवासी वर्ष १७ का सुरज चौधरी गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक राजु कार्कीले जानकारी दिए ।

उनको टाउको ,अनुहार र पाखुरामा गहिरो चोट लागेको छ । स्थानीय अस्पतालमा उनको उपचार हुन नसकेपछि वुटवलको चौराहा अस्पतालमा लगिएको छ । ट्रेक्टर र ट्रेक्टर चालक भने प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल