सम्पदा संरक्षणबारे सुझाव दिन यस्तो कार्यदल बन्यो

सम्पदा संरक्षणबारे सुझाव दिन यस्तो कार्यदल बन्यो

काठमाडौँ, वैशाख २०– राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले उपत्यकाका प्राचीन बस्तीका सम्पदा संरक्षण तथा व्यवस्थापनको अध्ययन गर्न कार्यदल गठन गरेको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेलको संयोजकत्वमा बसेको ६२ औँ कार्यकारी समितिको बैठकले साँखु, खोकना र बुङ्मतीका प्राचीन बस्तीमा रहेका सम्पदाको संरक्षण तथा व्यवस्थापनका लागि सुझावसहितको प्रतिवेदन तयार गर्न कार्यदल गठन गरेको हो ।

समिति सदस्य ध्रुवप्रसाद शर्माको संयोजकत्वमा सदस्य डा हरिराम पराजुली सम्मिलित कार्यदलले आवश्यक अध्ययन गरी १५ दिनभित्र प्राचीन बस्तीका सम्पदा व्यवस्थापन गर्न सकिने उपायसहितको प्रतिवेदन प्राधिकरणलाई बुझाउने छ । कार्यदलको सुझावका आधारमा प्राधिकरणको कार्यकारी समितिले थप नीतिगत निर्णय गर्ने प्रमुख कार्यकारी अधिकृत डा पोखरेलले बताए ।

भूकम्पबाट क्षति पुगेका पुरातात्विक सम्पदा एवम् ऐतिहासिक धरोहरलाई संरक्षण गर्ने नीतिअनुसार प्राधिकरणले राणाकालीन दरबारलाई विज्ञहरुको राय लिएर भरसक प्रबलीकरण गरी पुनःनिर्माण गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको थियो ।

‘प्रबलीकरण गरी पुरातात्विक सम्पदाको संरक्षण गर्न सकिए भावी पुस्ताका लागि हामीले दिने महत्वपूर्ण उपहार बन्ने छ,’ प्रमुख कार्यकारी अधिकृत पोखरेलले भने – ‘पर्यटन प्रवद्र्धनका दृष्टिले पनि निकै महत्वपूर्ण हुने भएकाले काठमाडौँ उपत्यकामा रहेका प्राचीन बस्तीका सम्पदा संरक्षण तथा व्यवस्थापनमा हामी विशेष चनाखो बन्नैपर्छ ।’

प्राधिकरणले यसअघि पुरातात्विक सम्पदा पुनःनिर्माण गर्न केही समय लाग्ने भएकाले तत्काल त्यस्ता संरचनालाई बाह्य वातावरणीय प्रभाव, हावा, हुरी, घाम, पानीबाट थप क्षति हुन नदिने गरी व्यवस्था मिलाउन सरोकारवाला निकायलाई निर्देशन दिएको थियो । रासस

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल