गाडीको ठक्करबाट आँगन खेल्दै गरेका बालकको मृत्यु

गाडीको ठक्करबाट आँगन खेल्दै गरेका बालकको मृत्यु

हेमराज ढकाल

भक्तपुर, बैशाख २०– भक्तपुरको चागुँनारायण नगरपालीका ३ झौखेलमा गाडीको ठक्करबाट एक बालकको मृत्यु भएको छ । घर अगाडि खेल्दै गरेका ३० महिनाको बालक एनिक श्रेष्ठको बुधबार गाडीको ठक्करबाट मृत्यु भएको छ ।

रामेछाप घर भएका श्रेष्ठ परिवार चाँगुनारायण बस्दै आएका थिए । आँगनमा खेल्ने क्रममा बा.१२ च ८७७४ नं.को गाडीले ठक्कर दिँदा घाइते बालकको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान पश्चात शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौ पठाइएको महानगरीय प्रहरी परीसर भक्तपुरका प्रवक्ता डिएसपी कृष्ण प्रसाइले बताए ।

सवारीका चालक काभ्रेको पाचँखाल नगरपालीका अनेकोट घर भई हाल जिल्ला भक्तपुर मध्यपुर थिमी बस्ने बिक्रम शाही ठकुरी र सवारी साधन महानगरीय प्रहरी परिसर भक्तपुरको नियन्त्रणमा रहेको र थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल