बेबी बुद्धलाई कपिलबस्तुमा भित्र्याइने

बेबी बुद्धलाई कपिलबस्तुमा भित्र्याइने

मो. इमरान खान

कपिलवस्तु, बैशाख २०– बुद्धको जन्मथलो रहेको प्राचिन कपिलवस्तुमा २५६१ औं जयन्ती मनाउन समिति गठन गरिएको छ । तौलिहवास्थित होटल तिलौराकोटमा बुद्धजन्तीका बिषयमा राखिएको भेलामा लुम्बिनी बिकास कोषका सदस्य राजेश ज्ञवालीको संयोजकत्वमा ९ सदस्यीय बुद्धजयन्ती समारोह समिति गठन गरिएको हो ।

समितिमा गैसस महासंघका जिल्लाअध्यक्ष प्रबीण श्रीवास्तव, पत्रकार महासंघका जिल्ला सभापति दिडलामा भुसाल, तौलिहवा उद्योग बाणिज्य संघका अध्यक्ष गयादीन कुर्मी, प्रकाशि घिमिरे, कमला सापकोटा, माया ज्ञवाली, अमृत चन्द ठाकुर रहेका छन ।

समितिअन्तर्गत प्रचारप्रसार, समारोह प्रबन्ध तथा विहार शङ्गार, धर्मदेशना, अस्थिधातु प्रदर्शन, जलपानव्यवस्था, स्वयंसेवक परिचालन र मिडिया परिचालन सञ्चालन उपसमिति गठन गरिएको छ । प्राचिन कपिलवस्तुमा बुद्धजन्ती मनाउन कोषले ढेड लाख रुपैया दिएको संयाजक ज्ञवालीले बताए ।

सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद ढकालले जिल्ला समन्वय समिति र नगरपालिका र गाउँपालिकाबाट जयन्तीका लागि थप १ लाख २० सहयोग दिलाउने प्रतिबद्धता ब्यक्त गरे ।

शाक्यमुनि गौतम बुद्धको जन्म, सम्बोधि लाभ (ज्ञान प्राप्त) तथा महापरिनिर्वाण (निधन) प्राप्त भएको दिनका रुपमा प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बौद्ध धर्मावलम्बीले बुद्धजयन्ती मनाउने गर्छन् ।

जिल्लाका सात वटै साइटमा सरसफाई गर्ने, २६ र २७गते उक्त साइटहरुमा दीप प्रजवलन गर्ने, अस्पतालका बिरामीहरुलाई फलफूल बितरण गर्ने, अनाथ बच्चाहरुलाई खाद्यान्न बितरण गरिने, नगरभित्रका ऐतिहासिक र पुरातात्विक क्षेत्रहरुको संरक्षण तथा सम्वद्र्धनकालागि मिडियासँग अन्तरक्रिया गरिने, बेबी बुद्धलाई कपिलबस्तुमा भब्यरुपमा भित्राउने निर्णय समितिले गरेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल