मोटरसाइकल दुर्घटनामा दमौलीमा एकको मृत्यु

मोटरसाइकल दुर्घटनामा दमौलीमा एकको मृत्यु

दमौली, २० वैशाख । तनहुँको बन्दीपुर गाउँपालिका– १ डुम्रेमा हिजोराति भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

सोही दुर्घटनामा परी मोटरसाइकलको पछाडी बस्ने व्यक्ति गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा साविक केशवटार गाविस– ७ का २२ वर्षीय राजकुमार आले रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

गम्भीर घाइते भएका आलेको लक्ष्मी अस्पताल डुम्रेमा उपचार हुँदाहुँदै मृत्यु भएको हो । मोटरसाइकलको पछाडि बस्ने घाइते २० वर्षीय सुमेश श्रेष्ठको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ ।

आबुखैरेनीबाट डुम्रे आउँदै गरेको वा ५८ प ४२६७ नं को मोटरसाइकल सडकमा हिँडिरहेको कुकुरसँग एक्कासि ठोक्किँदा अनियन्त्रित भई मोटरसाइकल नालामा पल्टिएको प्रहरीले जनाएको छ । रासस

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल