टी–२० वरियतामा इंग्ल्याण्ड र पाकिस्तान उक्लियो

टी–२० वरियतामा इंग्ल्याण्ड र पाकिस्तान उक्लियो

काठमाडौँ, वैशाख २० – आइसीसीको वार्षिक टी–२० वरियतामा इंग्ल्याण्ड र पाकिस्तानले सबैभन्दा धेरै अंक बटुल्दै क्रमशः दोस्रो र तेस्रो स्थानमा उक्लिएको छ ।

दुई अंक गुमाए पनि न्युजिल्याण्ड अझै वरियताको शीर्ष स्थानमा रहन सफल भएको छ । भारत र दक्षिण अफ्रिका भने वरियतामा खस्किएको हो ।

७ अंक बटुल्दै इंग्ल्याण्ड तीन स्थान माथि उक्लदै दोस्रो स्थानमा उक्लेको छ । उता, पाँच अंक बटुल्दै अघिल्लो वर्ष सातौँ स्थानमा रहेको पाकिस्तान तेस्रो स्थानमा पुगेको छ ।


दुवै टोलीको समान १२१ अंक रहे पनि झिनो अन्तरले इंग्ल्याण्ड अघि रहन सपल भएको हो ।

पाकिस्तानले यसबीचमा वेस्ट इन्डिजलाई ३–० र ३–१ अन्तरले हराएको थियो भने इंग्ल्याण्डविरुद्धको टी–२० पनि जितेको थियो ।

भारत र दक्षिण अफ्रिकाले ६–६ अंक गुमाउँदै चौँथो र पाँचौ स्थानमा पुगेको छ ।

अस्ट्रेलिया पनि सातौँ स्थानबाट छैटौँ स्थानमा उक्लिएको छ भने वेस्ट इन्डिज सातौँ स्थानमा खस्केको छ ।

श्रीलंका आठौँ स्थानमा रहेको छ भने नवौँ र दशौँ स्थानमा क्रमश अफगानिस्तान र बंगलादेश रहेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल