बन्दले लुम्बिनीमा पर्यटक घटे

भदौ १९  |   राधेश्याम विश्वकर्मा/डिएनएन

बन्दले लुम्बिनीमा पर्यटक घटे

भैरहवा– बैशाख १२, १३ र २९ गते नेपालमा गएको बिनाशकारी भुकम्पको चपेटाले देशको सवैक्षेत्र प्रभावित बनाएको थियो । तर, पनि लुम्बिनी र यससँग सम्बन्धित अन्य क्षेत्र भुकम्पबाट त्यति प्रभावित र क्षति भएका थिएनन् ।
तर पनि समग्र नेपालमै भुकम्प पछि आएको पराकम्पनहरुले गर्दा पर्यटकहरुको संख्या ह्वात्तै न्यून भएको स्थिति छ । नेपालमै पर्यटनको अवश्था खस्किरहेको अवश्थामा लुम्बिनी पनि यसबाट अछुतो हुन सकेको छैन । गौतम बुद्धको जन्मभुमि लुम्बिनीमा पर्यटकको आवागमन केही दिन ज्यादै न्यून रह्यो ।lumbani (6)

मधेशमा मधेश केन्द्रित दल तथा थारु केन्द्रित दलहरुले आव्हान गरेको अनिश्चित गरेको अनिश्चित कालीन बन्दका कारण बिस्तारै उकासिदै गरेको लुम्बिनी फेरी ठप्प परेको छ । बुकिङ्ग गरेका र घुम्न आउनका लागी भिषा समेत लिई सकेको अवश्थामा अहिले पर्यटकहरु धमाधम बुकिङ्ग रद्द गर्न थालिएको बुझिएको छ ।lumbani (1)
मोर्चाले आव्हान गरेको बन्दको क्रममा भैरहवाबाट लुम्बिनी जाने सडक खण्डको बिभिन्न भागमा बन्दकर्ताले रुख ढाली, ढुंगा मुढा राखी गरेको अवरोधका कारण पर्यटकहरु लुम्बिनी जान डराई रहेका छन । भुकम्पको मारबाट लुम्बिनी खतरामुक्त छ भन्ने सन्देश गई रहेको अवश्थामा यसरी लगातारको बन्दको कारण पर्यटकहरुमा नेपाल नै खतरा रहेको गलत सन्देश गई रहेको पर्यटन ब्यावसायीहरु बताउछन । यस अघिका बन्दहरुमा पर्यटकहरुलाई निर्वाध रुपमा हिडडुल गर्ने वातावरण रहेकोमा अहिले सो वातावरणको प्रत्याभुति गराउन सरकार असफल रहेको ब्यावसायीहरुको गुनासो रहेको छ । lumbani (1)
अगष्ट देखी शुरु हुने पर्यटकिय सिजन शुरु देखी नै बन्दको मारमा परेको छ । २०१४ सालको अगष्ट महिनामा लुम्बिनी भ्रमणको लागी आउने स्वदेशी पर्यटकको संख्या १५ हजार ६ सय ५८ जना रहेकोमा यस बर्ष सोही महिनामा १२ हजार १ सय १५ जनाले मात्र लुम्बिनी भ्रमण गरेका छन । यसै गरि अगष्ट महिनामा गत बर्ष ४ हजार ९३ जना भ्रमण गरेकोमा यस बर्ष घटेर १ हजार ४ सय ७२ जना भारतीयले मात्र लुम्बिनी दर्शन गरेको लुम्बिनी बिकाश कोष सूचना शाखाका नायब सुब्बा दिलिप कुलुङ्गले जानकारी दिए ।
यसै गरि छिमेकी मुलुक चिनबाट पनि गत बर्षको अगष्ट महिनामा १ सय ३ सय २९ जनाले लुम्बिनी भ्रमण गरेकोमा यस बर्षको सोही महिनामा १ सय ९६ जनाले मात्र भ्रमण गरेका छन । बौद्धमार्गी देश र अन्य शान्तीगामी मुलकहरुबाट पनि नेपालको अस्थिर राजनैतिक अवश्थाको कारण लुम्बिनी भ्रमणको लागी आउने पर्यटकहरु घट्दै गई रहेको सूचना शाखाका नासु कुलुङ्गले बताए ।lumbani (3)lumbani (2)
भदौ देखि नै लुम्बिनीमा दर्शन गर्न आउने दर्शनार्थीहरुको घुईचो लाग्ने गरेको थियो । तर यस बर्ष भदौ दौश्रो साता हुदा सम्म पनि होटलहरुको बुकिङ्ग न्यून रहेको होटल ब्यावसायीहरु बताउछन । लुम्बिनी बिकास कोषको सूचना शाखाले दिएको जानकारी अनुसार गत बर्षको जुलाई महिना भरिमा भारतीय पर्यटकहरु मात्र ४ हजार ९३ जना रहेकोमा यस बर्ष सोही महिनामा घटेर २ हजार ८ सय ७३ जना मात्र पुगेको छ । यसै गरि लुम्बिनी भ्रमणका लागी आउने श्रीलंकाका पर्यटकहरुको संख्या गत बर्षको जुलाईमा ५ सय ४९ जना रहेकोमा यस बर्ष सोही महिनामा बढेर ७ सय ७५ पुगेको दखिएका छ ।
संयुक्त मधेशी मोर्चा र थरुहट संयुक्त सघर्ष समितिको आन्दोलनको कारण पर्यटकहरु बेलहियाबाट नै फर्केर भारत तर्फ जाने गरेका छन ।

भुकम्पको मारमा परेको लुम्बिनी बिस्तारै सुध्रिदै गई रहेको थियो । लुम्बिनीमा साउनको दोश्रो साता देखि नियमित दर्शनार्थीहरुको संख्या जस्तै श्रीलङ्कन, थाइ, म्यानमार त्यस्तै भियतनामीहरु बिस्तारै आउने क्रम शुरु भएको लुम्बिनी बिकाश कोषका उपाध्यक्ष भिक्षु निग्रोधाले बताए । ‘श्रीलङ्काले गरेको कार्यक्रममा मैले श्रीलङ्ककाली राजदुत संग कुरा गर्दा उहाले यसपाली मात्रै करिब ४० हजार जनाले लुम्बिनी दर्शनका लागी आउने भिसा लिएको जानकारी पाएको’ उपाध्यक्ष निग्रोधाले रातोपातीसँगको आन्तर्वार्तामा भनेका थिए ।lumbani (4)lumbani (5)

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल