‘ग्रामीण तहदेखि नै खेलाडी उत्पादन गर्ने नीति आउँदै’ – मन्त्री श्रीपाइली

‘ग्रामीण तहदेखि नै खेलाडी उत्पादन गर्ने नीति आउँदै’ – मन्त्री श्रीपाइली

काठमाडौँ, वैशाख १९ – युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले मुलुकमा क्रिकेट क्षेत्रको विकासका लागि ग्रामीण तहदेखि नै खेलाडी उत्पादन गर्ने नीति ल्याउन लागिएको बताए ।

क्रिकेट खेलाडी सङ्घले आज आयोजना गरेको ‘नेपाली क्रिकेटको विकास सबैको साँझा प्रयास’ विषयक अन्तक्र्रियामा उनले मुलुकको नयाँ संरचनाअनुसार प्रत्येक प्रदेशमा खेलकुदको विकासका लागि ठूला रङ्गशाला स्थापना गरिने बताए ।

मन्त्री श्रीपाइलीले क्रिकेट क्षेत्रमा देखिएको विवादलाई अन्त्य गर्ने गरी विधानमा व्यवस्था गर्न लागिएको सो विधान यही महिनाभित्र पूरा हुने जानकारी गराए ।

उद्यमी वसन्त चौधरीले देशमा क्रिकेट क्षेत्रको लोकप्रियता बढ्दै गएकाले यसको दायरा फराकिलो बनाउनपर्ने बताउँदै त्यसका लागि सो क्षेत्र राजनीतिबाट मुक्त गर्नुपर्नेमा जोड दिए ।

सङ्घका अध्यक्ष पवन अग्रवालले सरोकार पक्षको विश्वासमा नीति निर्माण गर्न सुझाउँदै यसको विकासमा सरकारले लगानी गर्नुपर्ने बताए ।

विगत केही महिनादेखि क्रिकेट सङ्घमा भएको विवादका कारण सो क्षेत्रमा विवाद देखिँदै आएको छ । रासस

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल