च्याम्पियन्स लिग : सेमिफाइलनमा म्याड्रिड डार्बी आज

च्याम्पियन्स लिग : सेमिफाइलनमा म्याड्रिड डार्बी आज

एजेन्सी

म्याड्रिड, वैशाख १९ – रियल म्याड्रिडले च्याम्पियन्स लिगको सेमिफाइनलमा चिर प्रतिद्वन्द्वी एथ्लेटिको म्याड्रिडको मंगलबार सामना गर्दैछ ।

प्रतियोगिताको इतिहास हेर्दा एथ्लेटिकोमाथि रियल हाबी देखिन्छ । गत सिजनको फाइनलमा रियलले पेनाल्टी सुटआउटमा एथ्लेटिकोलाई पराजित गरेको थियो भने सन् २०१४ को फाइनलमा अतिरिक्त समयमा ४–१ गोलअन्तरले पराजित गरेको थियो ।

तर, रियलका प्रशिक्षक जिनेदिन जिदान पछिल्ला जितहरुले आजको खेलमा कुनै अर्थ नलाग्ने बताउँछन् । ‘आज पूर्ण रुपमा भिन्न खेल हो । उनीहरु फाइनलमा पुग्नका लागि सम्पूर्ण शक्ति लगाउनेछन्,’ जिदानले भने ।


रियलका फरवार्ड गेराथ बेल चोटका कारण आज उपलब्ध हुने छैनन् भने एथ्लेटिकोका फुल ब्याक जुआनफ्रान पनि खेल्ने छैनन् ।

सन् २०१६ को जनवारीमा राफायल बेनिटेजपछि रियलको जिम्मेवारी सम्हालेका जिदान आफ्नो पहिलो फुल सिजनमा ला लिगा र च्याम्पियन्स लिगको उपाधि जित्ने दाउमा छन् ।

पछिल्लो पटक युरोपियन प्रतियोगिता र लिग उपाधि रियलले सन् १९५७–५८ सिजनमा जितेको थियो ।

जुन ३ मा कार्डिफको फाइनलमा पुग्न अझ दुई ठूलो परिक्षा बाँकी रहेको जिदान बताउँछन् । ‘एथ्लेटिकोले सँधै हामीलाई कठिन खेल दिने गरेको छ’ उनले भने, ‘उनीहरुको शक्ति भनेकै जे भएपनि हार नमान्ने हो ।’

एथ्लेटिकोलाई चोटको समस्या

पछिल्ला तीन सिजनमा रियलसँगको १४ औँ खेलमा एथ्लेटिकोलाई खेलाडीहरुको चोटले सताएको छ ।

उनीहरुका तीन डिफेन्डर जोसे गिमेनेज, जुआनफ्रान र सिमे भ्रसाल्जको घाइते छन् ।

तैपनि डिएगो सिमिओनीले आफ्नो टिमले जीत हासिल गर्नेमा ढुक्क छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल