च्यानको ‘गोल अफ द सिजन’ सँगै लिभरपुल शीर्ष चारमा रहने सम्भावना बलियो

च्यानको ‘गोल अफ द सिजन’ सँगै लिभरपुल शीर्ष चारमा रहने सम्भावना बलियो

एजेन्सी

लिभरपुल, वैशाख १९ – एमरे च्यानले सम्भवतः सिजनकै उत्कृष्ट गोल गरेपछि लिभरपुलले वार्टफोर्डलाई पराजित गर्दै च्याम्पियन्स लिगमा छनौट हुने सम्भावनालाई बलियो बनाएको छ ।

लुकास लिभाको पासमा उत्कृष्ट बाइसाइकल किकमार्फत गोल गर्दै च्यानले लिभरपुललाई महत्वपूर्ण तीन अंक दिलाए । खेलमा उनको एक मात्र गोल निर्णायक बनेको थियो ।

खेलमा वार्टफोर्डले विरलै लिभरपुलको पोष्टमा आक्रमण गरेको थियो तर इन्जुरी समयमा सबास्टियन प्रोडलले झण्डै लिभरपुललाई अंक बाँड्न बाध्य बनाएको थियो । उनको प्रहार पोष्टमा लागेको थियो ।


जीतसँगै लिभरपुर पाँचौ स्थानमा रहेको म्यान्चेस्टर युनाइटेडभन्दा ५ अंकले अघि रहेको छ ।

अब लिभरपुलले अब साउथह्याम्पटन र मिडल्सब्रोलाई एनफिल्डमा आतिथ्य गर्नेछ । बीचमा वेस्ट ह्यामको घरेलु मैदानमा खेल खेल्नेछ ।

बाँकी खेल जिते जर्गन क्लबको टोली तीन वर्षपछि च्याम्पियन्स लिगको लागि छनौट हुनेछ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल