आद्यगुरु शङ्कराचार्यको जन्मजयन्ती सम्पन्न

आद्यगुरु शङ्कराचार्यको जन्मजयन्ती सम्पन्न

काठमाडौँ, वैशाख १८ – नेपाल दशनामी समाजले आद्य गुरु शङ्कराचार्यको हजार दुई सय २९ औँ जन्मजयन्ती आज मनाएको छ ।

पशुपति मन्दिर क्षेत्रस्थित शङ्काराचार्य मठमा आयोजना गरेकोे कार्यक्रममा शङ्कराचार्यले हिन्दू धर्म रक्षाका लागि दशनामीको निर्माण गरेको बताइएको थियो ।

कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष रञ्जनकुमार गिरीले नेपालमा बसोबास गर्ने दशनामीलाई अल्पसङ्ख्यकमा राख्नुपर्ने तथा नेपाललाई हिन्दूराज्य बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सहभागीले शङ्कराचार्यको अभियानलाई निरन्तरता दिनुपर्ने बताए । मनाङबाहेक नेपालका ७४ जिल्लामा बसोबास रहेका दशनामीको जनसङ्ख्या देशभर दुई लाख ५० हजारभन्दा बढी छ । रासस

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल