‘रियल स्कूल अफ नेपाल’ हुदै

‘रियल स्कूल अफ नेपाल’ हुदै

काठमाडौं, वैशाख १८– फ्रुट जुस ब्राण्ड रियल फ्रुट जुसले आफ्नो वार्षिक प्रतियोगिता रियल स्कूल अफ नेपाल २०१७ आयोजन गर्ने घोषणा गरेको छ ।

राष्ट्रिय स्तरको प्रतियोगिता रहेको र विगत ५ वर्षदेखि नियमित रुपमा रियल फ्रुट जुसले आयोजना गरिरहेको जनाएको छ ।

यसमा देशभरका विद्यालय रियल स्कूलअफ नेपाल बन्नकालागि प्रतिष्पर्धा गर्ने छन् । प्रतियोगिताको विजेता बन्नकालागि छनोट भएका विद्यालयका विद्यार्थीहरु आफ्नो प्रतिभा, आत्मविश्वास तथा बौद्धिक र टिमवर्क गर्ने क्षमता आवश्यक पर्ने विभिन्न क्रियाकलापमा सहभागी हुने जनाइएको छ ।
यो वर्ष रियल स्कूलअफ नेपाल २०१७ अझ बढी प्रतिस्पर्धात्मक र उत्साहजनक बन्नेआयोजकको दावी छ ।
देशका सबै क्षेत्रका विद्यालयहरुलाई सहभागी गराउने उद्देश्यका साथ यो वर्ष मध्यमाञ्चलमा वीरगञ्ज केन्द्र थप गरिएको छ ।
क्षेत्रीय स्तरको विजेता बन्नकालागि प्रत्येक क्षेत्रबाट करिब ३५ विद्यालयहरुले सहभागिता जनाउने छन् र क्षेत्रीय विजेता विद्यालयले अन्तिम चरणको प्रतियोगिताको लागि आफ्नो स्थान सुरक्षित गर्ने जनाइएको छ । रियल स्कूलअफ नेपाल २०१७ का ११ केन्द्रहरु छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल