म्याग्दीमा नेपाली काँग्रेसका उम्मेदवार अपहरण

म्याग्दीमा नेपाली काँग्रेसका उम्मेदवार अपहरण

धिरन खत्री

म्याग्दी १८ बैशाख । म्याग्दीको बेनी नगरपालीका ३ भकिम्लीबाट नेपाली काँग्रेसको तर्फबाट स्थानीय तहको निर्वाचनका लागि वडा अध्यक्षका उम्मेदवार सोमबार अपहरणमा परेका छन् ।

भकिम्लीबाट पार्टीको बैठकमा सहभागी हुन बेनी आउँदै गरेका नेपाली काँग्रेसबाट उमेद्बार चयन भएका जसबहादुर पुनलाई अज्ञात व्यक्तीहरुले अपहरण गरेको नेपाली काँग्रेस म्याग्दीका सदस्य मनकुमारी विकले जानकारी दिए ।

“चढेर आएको गाडी बिग्रीएपछि हिडेर बेनी आउदै गर्दा दुधेखोला क्षेत्रबाट अपहरणमा पर्नुभएको हो” विकले भने  “चुनाव बहिस्कार गर्ने टोलीबाट अपहरणमा परे, म भोली उमेद्वारी दर्ता गर्न आउन सक्दिन भन्नुभएको थियो ।” दिउँसो २.३० बजेदेखि पुनको मोवाईल स्वीचअफ भएको छ ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले अपहरण भएका पुनको खोजीका लागि सम्भावीत ठाउँमा सुरक्षाकर्मी परिचालन गरिएको र अहिलेसम्म अवस्था पत्ता लाग्न नसकेको बताए । अपहरणमा संलग्नको पहिचान र पुनको खोजीमा सबै सुरक्षा संयन्त्र परिचालन गरेको प्रजिअ पौडेलले बताए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल