पत्रकार महासंघ केन्द्रीय कार्यालयमा तालाबन्दी

पत्रकार महासंघ केन्द्रीय कार्यालयमा तालाबन्दी

काठमाडौं, बैशाख १८– नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालयमा पत्रकारहरुले तालाबन्दी गरेका छन् ।
महासंघ काठमाडौं शाखाको गत वैशाख १० गते भएको निर्वाचनका क्रममा केन्द्रिय पार्षद चयनका क्रममा धाँधली भएको भन्दै प्रेस युनियन, प्रेस सोसाईटी सहितका ६ ओटा संगठनहरुले सोमबार पत्रकार महासंघको केन्द्रिय कार्यालय सञ्चारग्राम काठमाडौंमा तालाबन्दी गरेका हुन् ।

प्रेस युनियन, प्रेस सेन्टर, प्रेस सोसाईटी, क्रान्तिकारी पत्रकार महासंघ, प्रगतिशील पत्रकार संघ र नेपाल पत्रकार मञ्चले संयुक्त रुपमा तालाबन्दी गरेको जानकारी दिँदै पत्रकार छाँयाचन्द्र भण्डारीले भने, ‘काठमाडौं शाखामा भएको धाँधलीबारे छानबिन गर्न हामीले २४ घण्टे अल्टिमेटम दिएका थियौं, छानबिन नभएपछी तालाबन्दी गर्न बाध्य भयौं ।’
आईतबार प्रेस चौतारी बाहेकका संगठनले संयुक्त विज्ञप्ती प्रकाशित गर्दै केन्द्रिय पार्षद चयनका क्रममा राजनितीक आस्थाका आधारमा योग्यता पुगेका ब्यवसायिक पत्रकारहरुलाई केन्द्रिय पार्षद बन्न बन्चित गरेर विधानको खिल्डी उडाएको दाबी गरेका थिए ।
महासंघको विधान बमोजिम पार्षद चयन गर्न आग्रह गर्दा पनि केन्द्रिय अध्यक्ष डा. महेन्द्र विष्टले आलटाल गरेको प्रेस सेन्टरका टेनिस रोकाले जानकारी दिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल