कटहरीया–झाँझपुल सडक कालोपत्रेको तयारी

कटहरीया–झाँझपुल सडक कालोपत्रेको तयारी

रौतहट, बैशाख १८– रौतहटको चर्चित बजार कटहरीयादेखि झाँझपुल सम्मको सडक कालोपत्रे हुने भएको छ । दशकौंदेिख समस्याको रुपमा रहेको यो सडक कालोपत्रे हुनेभएपछि स्थानीयको समस्या अन्तय हुने भएको छ ।


नेपाली कांग्रेसका सांसद सुनिल कुमार यादव जितेन्द्रको पहलमा उक्त बाटो कालोपत्रेका लागि सडक डिभिजन चन्द्रनिगाहपुरबाट टेण्डर समेत भईसकेको छ ।
झण्डै ११ करोडको टेण्डर कन्काई निर्माण शेवा चन्द्रनिगाहपुरलाई परेको कार्यलयले जनाएको छ । कटहरीया देखी करीव पाँच किलोमिटर लामो उक्त बाटोमा सात मिटर चौडाई कालोपत्र र दुई,दुईमिटर दुबैछेउ ग्राभेल गर्ने योजना रहेको सडक डिभिजनका ईन्जिनियर सभाष दत्तले जानकारी दिए ।
बैशाख २० गते देखी बाटो निर्माणको काम सुरु हुने निर्माण शेवाका प्रमुख अरबिन्द जयसवालले जानकारी दिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल