कांग्रेस–एमालेका पुराना नेता कार्यकर्ता माओवादी प्रवेश

कांग्रेस–एमालेका पुराना नेता कार्यकर्ता माओवादी प्रवेश

काठमाडौ, बैशाख १८ –कांग्रेस सिन्धुपाल्चोकका नेता बुद्धराज बस्नेत, एमालेकी नेतृ दुर्गा नेपाल, संघीयसामाजबादीकी रामसिंह लामा, ताम्सालिङ नेपाल राष्ट्रिय दलका राजन योञ्जन लगायतका दजर्ननौ नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेकाहरुलाई प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजिम्पाटमा आयोजित एक कार्यक्रमकावीच पार्टी प्रवेश गराएका थिए ।
नवप्रवेशीहरुलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले महाअभियोग दर्तापछि नेपालको राजनीतमा एक किसिमको तरङग आएको बताए । उनले महाअभियोगले स्थानीय निर्वाचनलाई कुने असर नगर्ने भन्दै मंगलबार मनोनयन दर्तापछि निर्वाचनबारेका सवै अन्यौल हट्ने दावी समेत गरे ।

प्रचण्डले भने,‘ पहिलो चरणको निर्वाचनसम्म संशोधन विधेयक अघि नबढेपनि चुनाव प्रभावित हुदैन, मधेसी मोर्चा पनि निर्वाचनमा सहभागि बन्छ ।’ पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशी बस्नेतले समस्या समाधान गर्ने हैसियत माओवादीसँगमात्र भएकाले आफु पार्टी प्रवेश गरेको धारणा राखेका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल