स्थानीय निर्वाचनः भक्तपुरमा २४ सय सुरक्षाकर्मी परिचान हुने

स्थानीय निर्वाचनः भक्तपुरमा २४ सय सुरक्षाकर्मी परिचान हुने

हेमराज ढकाल
भक्तपुर , बैशाख १८–यहि बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा भक्तपुरमा २ हजार ४ सय भन्दा धेरै सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।
भोलि मंगलबार हुने उम्मेदवारको मनोयनको बारेमा जिल्ला निर्वाचन कार्यालय भक्तपुरले सोमबार आयोजना गरको अन्र्तरक्रिया प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले मतदान केन्द्र र मतदाताको संख्या अनुसार सुरक्षाकर्मी परीचालन हुने बताएका छन् ।
उम्मेदवारको मनोयन भोली १९ गते विहान १० बजेदेखि साझँ ५ बजेसम्म सम्बन्धीत नगरपालीकाको कार्यलयमा हुने जिल्ला निर्वाचन कार्यालय भक्तपुरका अधिकृत उमेश कुमार राइलेले जानकारी दिएका छन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक कृष्ण प्रसाइको अनुसार म्यादी प्रहरी ६ सय ८, नेपाल प्रहरी करिब १ हजार, शस्शत्र प्रहरी करिब ६ सय जना प्रत्यक्ष रुपमा निर्वाचनमा खटिने छन् ।
राष्ट्रिय अनुसन्धान र नेपाली सेना समेत निर्वाचनमा परिचालन हुने भएकाले भक्तपुरमा २ हजार भन्दा धेरै सुरक्षाकर्मी प्रत्यक्ष अप्रत्यक्ष निर्वाचनमा परिचालन हुने प्रहरी नायब उपरिक्षक प्रसाईले रातोपाटीलाई बताए ।
मुलुक दुई चरणमा निर्वाचन हुने भएकाले पहिला खटाइएको भन्दा धेरै सुरक्षाकर्मी परिचान गर्ने तयारी गृह मन्त्रालयको रहेको छ ।
स्थानीय तहको निर्वाचनमा भक्तपुरको चार नगरपालिकामा ७८ स्थलमा १ सय ९१ मतदान केन्द्र रहेको छ ।
जसमा मतदान स्थलको भित्र पहिलो घेरामा म्यादी प्रहरी र नेपाल प्रहरी रहनेछन् । दास्रो भागमा शस्शत्र प्रहरी रहने छ । नेपाली सेना मतदान केन्द्र भन्दापर रहने सुरक्षा तयारी रहेको छ ।
भक्तपुरमा १ लाख ६१ हजार ५ सय २९ जना मतदातामध्ये ८२ हजार ५ सय ९८ र पुरुष ७८ हजार ९ सय २६ रहेका छन् । जिल्लामा पुरुष भन्दा ३६ सय ७२ ले महिला मतदाताको संख्या बढि छ । जिल्लामा ५ जना तेस्रो लिङ्गी मतदाता रहेका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल